करिश्मा कपुर फिल्म निर्माण गर्दै
एक समय सुपरहिट फिल्म दिएकी करिश्मा कपुर पछिल्लो समय फिल्म क्षेत्रबाट टाढा छिन् । लामो समयको ग्यापपछि फेरि फिल्म क्षेत्रमा फर्किने संकेत गरेकी छन् । उनी अभिनेत्रीका रुपमा मात्र नभएर फिल्म निर्माताका रुपमा पनि रहने गरि गाउने तपारीमा छिन् । एकता कपुरको वेब शो ‘मेंटलहुड’बाट डेब्यु गरेकी करिश्मा सधैँ चर्चामा रहन सफल भइन ।
थुप्रै फिल्ममा अभिनय गरेकी करिश्मा ओटिटी प्लेटफर्मको लागि ओरिजिनल कन्टेन्टमा फिल्म निर्माण गर्ने भएकी छन् । उनको फिल्ममा बहिनी करिना कपुर सह– निर्माता बन्न सक्ने पनि भारतिय मिडियाले बताएका छन् । उनीहरु अहिले तयारीमा जुटिरेहका छन् । ठोस् कुरा बाहिर निकाल्न चाहेका छैनन् । चाँडै नै उनीहरुले यसबारे जानकारी दिने तयारीमा भने पक्कै रहेका छन् ।
प्रतिक्रिया