प्रेम सम्बन्धको बारेमा सोधिने एउटै प्रश्नमा करिश्माको चित्त दुखाई

३० भन्दा लामो फिल्म क्षेत्रमा समय विताएकी अभिनेत्री करिश्मा मानन्धर अन्तरबार्तामा प्रेमका बारेमा सोधिएका प्रश्नबाट दिक्क भएकी छन् । जुन एउटै कुराले । फिल्ममासँगै काम गरेका अभिनेतासँग आफ्नो नाम जोडेर होस् या श्रीमानसँग जोडेर गरिने प्रश्नले उनलाई चित्त दुख्ने गरेको छ ।
फिल्म ‘सन्तान’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी करिश्माको १८ वर्षको उमेरमा निर्माता विनोद मानन्धरसँग विवाह भएको लामो समय भइसक्दा फिल्ममा अभिनय गरेका अभिनेतासँग जोडिएको उनले आफुलाईहेपिएको महशुस गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत एक छोरीकी आमा भइसक्दा पनि तिनै व्यक्तिसँग जोडेर आज पनि उही प्रश्न गर्दा चित्त दुखेको बताएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन् , ‘एउटा महिला कलाकार भएको नाताले मैले घरीघरी भोग्नु परेको एउटा बिषय के हो भने तपाईं फलानोसँग प्रेम सम्बन्धमा हुनुहुन्थ्यो रे ! म जुन क्षेत्रमा काम गर्छु त्यहाँ विभिन्न मानिसहरुसँग संगत हुन्छ, कतिसँग नजिक पनि भइन्छ, यो उमेरसम्म आउपुग्दा पनि अन्तर्वार्ताहरुमा त्यो एउटा प्रश्न जरुर आउँछ ।’

अभिनेत्री करिश्माले प्रश्न गर्दै अगाडि लेखेकी छन्, ‘म एउटा विवाहित महिला हुँ, परिवारमा बस्छु, बिहे गर्ने उमेरको छोरी छ, अब यस्तो प्रश्नको के जवाफ दिउँ ?’ उनले भावुक हुदैँ आफूसँग प्रेम सम्बन्ध रहेको भनिएका पुरुषलाई भने यो प्रश्न कहिल्यै नगरेको र आफुलाई बारम्बार यहि प्रश्न गर्दा महिला भनेर हेपेको हो ? भनेर प्रश्न उठाएकी छन् ।

उनले थप लेखेकी छन् , ‘के दर्शकहरुलाई यस्तो प्रश्नको जवाफ सुनेर रमाइलो हुन्छ होला र ? उनले अहिलेका दर्शकहरु धेरै स्मार्ट भइसकेको र यस्ता एउटै प्रश्नले उहाँहरुलाई कुनै असर नपर्ने भन्न खोजेकी छन् । करिश्मा केही वर्षयता अध्ययनका कारण फिल्म क्षेत्रबाट ओझेल परेकी छन् । उनी पहिला जस्तो सक्रिय रुपमा अभिनयमा छैनन् । केहि बर्ष अगाडी उनले फिल्म ‘जात्रै जात्रा’ को ‘माया पिरिम’ बोलको गीतमा देखिएकी थिइन् ।

एउटा महिला कलाकार भएको नाताले मैले घरीघरी भोग्नु परेको एउटा बिषय के हो भने तपाई फलानो संग प्रेम सम्बन्धमा हुनुहुन्थ्यो…

Gepostet von Karishma Manandhar am Samstag, 12. September 2020