‘म हाँसेको देखेर रिसाउनेलाई पनि लभ यू ’ : अभिनेत्री आँचल शर्मा

नेपाली अभिनेत्रीहरु आफ्नो गुनगान भएको मात्र रुचाउँछन् तर आलोचना हुँदा खप्न सक्दैनन् । कुनै कुनै अभिनेत्रीहरु त आलोचना गर्नेमाथी जाइलागिहाल्छन् । आलोचना गर्ने मान्छे त उनीहरुलाई मनै पर्दैन् ।

अन्तरवार्ता दिनपरेमा पनि कसले आफुलाई राम्रो भन्छ ,त्यतै तिर जान्छन् । तर यता अभिनेत्री आँचल शर्मा भने आलोचकलाई गाली गर्नुको साटो माया दर्शाएकी छन् । उनले आलोचना गर्ने र सिर गर्ने सबैलाई माया गरेकी छन् । उनको मनमा कुनै रिसराग देखिदैन ।

नेपाली फिल्म क्षेत्रमा बारम्बार चर्चामा आइरहने अभिनेत्री आँचल शर्मा कहिले बोली कारण चर्चामा आउँछिन त कहिले के को विषयमा । सबै भन्दा ठुलो चर्चा त उनले विहेमा लगाएको १६ लाखको लेहेन्गाको नै भयो । त्यति मात्र होइन । १६ लाखको लेहेंगाको कुराले त उनी सामाजिक सञ्जालमा ट्रोलको सिकार नै भइन् । तर उनले कसैलाई पनि नराम्रो व्यवहार गरिनन् । जसले जति सक्यो उती त लाउने हो नी भन्ने प्रतिक्रिया दिइन् । तर कसैसँग रिसाएको थाहा छैन ।

अर्को कुरा के छ भने आफु ट्रोल बनेको कुरा र आलोचना भएको कुरालाई उनले वास्तै गर्दिनन् । बरु आफु सचिएर हिड्नुपर्ने रहेछ भन्ने भाव पाउने गरेको बताउने गरेकी छन् । आँचल गसिप र समाचारका बारेमा राम्ररी नै बुझेकी अभिनेत्री पनि हुन् । उनले केहि समय एउटा अन्तरवार्तामा यसबारेमा प्रस्ट पारेकी थिइन् ।

आफ्नो बारेमा आलोचना भइरहेको भन्दै उनले सबैलाई मायाले लभ यु भनेकी छन् । उनी सामाजिक संजालमार्फत उनी लेख्छिन,‘म हाँसेको देखेर रिसाउनेलाई पनि लभ यू ।’ उनको यो लेखबाट के भाव हुन्छ भने आफ्नो मुस्कान देख्दा रिस उठ्ने मानिससँग पनि कुनै गुनासो नभएको भन्न खोजिएको छ ।