गौरी मल्लको प्रधानमन्त्रीलाई मार्मिक चिठी
अभिनेत्री गौरी मल्लले बेला बेलामा सरकारलाई सुझाव दिदै आएकी छन् । उनले फेरि यो महामारीमा नहाँस्न आग्रह गरेकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हाँसोको होइन, गर्वको पात्र बन्न सुझाव दिएकी छिन् । गौरीले,सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सुझाव दिदै लेखेकी छिन–‘यहाँलाई आफूले बेला कुबेला बोलेका कुरा ट्रोल भैराख्दा,रमाइलो गर्ने माध्यम भैरहेको होला अथाव बानी परिसकेको होला ।
तर, हामी सर्वसाधारणलाई साह्रै लज्जावोध हुन्छ । किनकी, जसलाई हामीले अत्यन्त विश्वास गरेर देशकै शिर्षस्थानमा राखेका छौं, त्यो व्यक्ति हाँसोको होइन, गर्वको पात्र बनोस् । तर, बिडम्बना त्यस्तो दिन कमसेकम हाम्रो जीवनमा आउन सकेको छैन ।’
नेपाली श्रमिक रोगले होइन भोकले मर्न लागियो भन्दै भारत जान थालपछि उनको आक्रोश यता पनि छ । उनले , भारतमा कोरोना प्रकोप बढिरहेको समयमा पनि नेपालीहरु धमाधम कामका लागि भन्दै भारत फर्किदा राज्यले रोक्न नसकेको बताएकी छन् । । भारतमा कोरोना बढ्दा आफ्ना नागरिकलाई नेपालमै बस, हामी जे गर्नुपर्ने हो गर्छौ भनेर किन भन्न नसकेको भन्दै आक्रोश पोखेकी छन् । अभिनेत्री गौरीले सिंहदरबार र बालुवाटार भन्दा पनि बाहिर नेपाल रहेको कुरा प्रधानमन्त्रीलाई सम्झाएकी छन् । उनले काठमाडौका दुइकुनाबाहक बाहिर पनि नेपाल रहेको कुरा नविर्सन प्रधानमन्त्रीलाई आग्रह गरेकी छिन् ।
गौरीले जनतालाई साना तिना भएपनि रोजगार दिन आग्रह गरेकी छन् । उनले देश र जनताको अवस्था सुधार गर्दै सानातिना रोजगार भएपनि दिनतर्फ लाग्न प्रधानमन्त्रीलाई सुझाव दिएकी छन् । उनलेथप लेखेकी छन् –‘प्रधानमन्त्रीज्यू, यो देश तपाइको घर हो । हामी जनता तपाइका नै परिवार हौं । यो कुरालाई आत्मसाथ गर्नुहोस् । आज जनता जानीजानी आगोमा होमिन जाँदैछन्, उनीहरुको जीवन रक्षा गर्ने कर्तव्य तपाइकै हो ।’
प्रतिक्रिया