फिल्ममा अभिनयले, बिहेपछि ड्रेसले गरिमा चर्चामा


गरिमा पन्तलाई संझिनुहुन्छ त तपाइले । गरिमा पन्तले खेलेको फिल्म याद छ त । झोला बाहेक त अरु दर्शकले विर्सिएका होलान् । गरिमा पन्तलाई साम्राज्ञी र स्वस्तिमा खड्काको बेलाका दर्शकले संझिन्नन् होला ।

गरिमाले झोलामै हो तारिफ पाएको । अरु, फिल्म त आएर गए । गरिमालाई फिल्ममा काम पाइरहन सजिलो बनाएका थिए । पन्तले बेल्जियममा जीवन बिताइरहेकी छिन् । लभ परेर बिहे गरिन्, उतै स्थापित ।

गरिमाको मात्र होइन यो कथा । धेरै हिरोइनको कथा यस्तै छ । फिल्म खेल्ने, अनी चल्न छाडेपछि विदेशमा सेटल हुने ।

गरिमाको फिल्म खेल्दा अभिनयले चर्चा भएको हो । अहिले केले त । अहिले त ड्रेसले । देश अनुसारको भेष भन्छन् क्यारे । गरिमाको ड्रेस इन्स्टाग्राममा हिट छ । गरिमा पनि हिट, समाचारमा ।