आँचलले फिल्म बनाउँदा पल पहिलो रोजाईमा

अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माकोजोडी दर्शकले एकदमै मन पराएको जोडी हो । उनीहरुको अहिले खासै राम्रो सम्बन्ध छैन । उनीहरुबीचको सम्बन्ध खासै राम्रो छैन भन्ने कुरा गत बर्ष अभिनेत्री शर्माले विवाह गर्दा पल पुजा शर्मासँग घुम्न गएका थिए । किनभने उनको विवाहमा  उपस्थित हुन नपरोस् भन्ने पलको चाहाना पनि भएर होला ।

हालै अभिनेता पल शाहले आँचलको विवाहमा आउन नपाएको भन्दै माफी मागेका छन् । उनले माफी मागेसँगै फेरि आँचल र पलले एकसाथ काम गर्ने वातावरण बनेको छ । पलले माफी मागेको केहि दिनमा नै अभिनेत्री आँचलले आफुले फिल्म बनाएको खण्डमा पललाई नै हिरो लिने बताएकी छन् ।

पलसँग मैले त कहिले पनि काम गर्दिन भनेकी नै छैन । यदि, मेरो घरबाट नै फिल्म बन्यो या बनाए भो पहिलो रोजाइमा त पलजी नै हुनुहुनेछ ।’ उनले पलको खुलेर तारिफ गरेकी छन् । पल विहेमा नआएकोमा चित्त दुखेको तर उहाँको भाकल होला भनेर आफुले नराम्रो नसोचेको बताईन । पल र आँचल भएको फिल्मले सपलता हासिल गर्न भने सकेको छैन । उनीहरुले खेलेको फिल्म ‘ जोनि जेन्टलमेन ’ फ्लप भयो भने अर्को फिल्म ‘सत्रु गते’ले ठिक किठै व्यापार गरेको थियो ।