पलको आँचललाई बल्ल शुभकामना
पल शाह र आँचल शर्मा मिल्ने साथी भन्न छाड्थेनन् । हामी त मिल्ने साथी । आँचलले भन्ने त पलजी । पलजी आँचलको बिहेमा गएनन् । बिहेको पार्टीको निम्तो आयो, पल पार्टीमा जानपर्छ भनेर मुक्तिनाथ गए ।
पल नआउँदा आँचल खिन्न, मन मारेरै पल मुक्तिनाथ । काम गर्न छाडे दुइले । बोलचाल हरायो । फोनमा कुरा भएन ।
प्रश्न त आइरहन्छ जे गरेपनि । पलले र आँचलले अझै यही प्रश्न खेप्दैछन् । पलले ऋषि धमलासँग अन्र्तवार्ता दिदा आँचललाई शुभकामना दिए । बल्ल दिए शुभकामना । बिहेमा जान नपाएपनि फेसबुकबाटै शुभकामना दिएको भए के जान्थ्यो र त्यो बेलामा ।
बिहे भएको ६ महिनापछि बिहेमा नगएर दुश्मन बनेको छैन भने पलले । साथी मात्रै थिइन् आँचल भने बिहेको पार्टीमा गएर भोलीपल्ट मुक्तिनाथ गाको भए के हुन्थ्यो र पलले ।
काम गर्न पनि तयार छु भने पलले । ल मुखले मात्र भन्ने कि गरेरै देखाउने । दर्शकले कुरेका छन् । एकसाथ काम गर्नुहोस् न त अब ।
प्रतिक्रिया