दिलीप कुमारले ११ दिनको अन्तरमा दुइ भाई गुमाए

बलिउड कलाकार दिलीप कुमारले आफ्ना दुइभाईलाई ११ दिनको अन्तरमा गुमाएका छन् । कुमारका भाईहरु असलम खान र एहसान अचानक विरामी भएपछि मुम्बईको लीलावती अस्पताल (बांद्रा) अस्पतालमा भर्ना गरिएको थियो । स्वासप्रस्वासमा समस्या आएको भन्दै दुवैलाई अस्पतालमा भर्ना गरिएको थियो । एकजनाको मुटुको समस्या आएको थियो भने अर्काको जानकारी गराइएको छैन ।

उनीहरुको त्यहि ११ दिनको अन्तरमा मृत्यु भएको हो । अस्पतालमा भर्ना लगत्तै कोरोना पो हो की भनेर कोरोना परीक्षण गरिएको थियो । यसरी कोरोना परिक्षण गर्दा अस्लाम र एहसानले कोरोनाभाइरस सकारात्मक थिए । उनीहरुलाई लीलावतीका डा.जलील पारकरले रेखदेख गर्दै आएका थिए । एहसान करीव ९० वर्षका थिए ।