मोदीका केन्द्र सरकारका मन्त्रीले भने –‘ सुशान्तको मृत्यु आत्महत्या होइन,हत्या हो ’
बलिउड अभिनेता सुशान्त राजपुतको आत्महत्या नभएको मोदी सरकारका मन्त्रीले जानकारी दिएका छन् । हिजो सुशान्तका परिवारलाई भेटेर केन्द्र सरकारका मन्त्री रामदासलेले सुशान्तको मृत्यु यो आत्महत्या नभएको बताएका छन् । उनले त्यो हत्या भएको जनाएका छन् ।
केहि महिना देखि सुशान्तको मुद्दामा सीबीआईले जाँच गरिरहेको छ ।
यो सुक्ष्म तरिकारले जाँच गरिरहेका बेला नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारका मन्त्री रामदास अठावले सुशान्तको आत्महत्या नभएको दावी गरेका हुन् । मन्त्री रामदास हिजो हरियाणास्थित फरीदाबाद पुगेर सुशान्तका पिता केके सिंह र बहिनी रानी सिंहसँग भेट गर्दै सुशान्तका बारेमा जानकारी गराएका थिए । उनको यो भनाईले सुशान्तको मृत्यु प्रकरणले अर्के मोड लिने संकेत गरेको छ ।
मन्त्री रामदासले पत्रकारसँग कुरा गर्दै सुशान्तको आत्महत्या नभई हत्या भएको जानकारी दिए । मन्त्रीले भने – ‘मलाई लाग्छ कि सुशान्तको मृत्यु आत्महत्या होइन। यो त हत्या हो । सुशान्तको परिवारले न्यायको माग गरेको छ। सीबीआईद्वारा जो जाँच चलिरहेको छ, त्यसमा अहिले सुशान्तको परिवार सन्तुष्ट छ।’
I believe Sushant Singh Rajput's death was not a suicide but murder. His family demands justice. They are satisfied with the ongoing CBI inquiry: Union Minister Ramdas Athawale https://t.co/V23219Qc6h pic.twitter.com/ULdk2Efytz
— ANI (@ANI) August 28, 2020
प्रतिक्रिया