नामको भोक यसै सकिदैन जीवनजी


जीवन लुइटेललाई प्रदिप खड्का र अनमोल केसीको जेनेरेशनले संझिएको छ छैन होला । जीवन लुइटेल अमेरिकामा छन् । नाई नभन्नु ल हिरोले अभिनय गर्दा गर्दै अमेरिका रोजेका हुन् ।

जीवनले दिने जवाफ त्यही हो । परिवारका लागि अमेरिका आए । जीवन लुइटेल अमेरिका गएर ३ बर्ष गुपचुप बसेका हुन् ।

गुपचुप बसेका जीवन लुइटेल सलबलाउन थालेका छन्, फेसबुकमा । जीवन लुइटेल फर्किएर फिल्म खेल्दा चल्छ भनेर त लगानी गर्ने निर्माताले पनि सोचेका छैनन् होला । जीवनलाई आशा त होला ।

५ बर्ष अगाडिसम्म जीवन लुइटेलको नाम गुञ्जिन्थ्यो । नाम मानिसका लागि प्यारो । जीवनका लागि पनि प्यारो । हिरोका लागि अझै प्यारो । यो नाम गुञ्जिन छाडेको छ । जीवनलाई पनि नामको भोक त छ ।

फेसबुकमा सायरी, कविता लेख्न थालेका छन् जीवन । फिल्म खेल्दाको फोटो राखेर रमाउन थालेका छन् जीवन । दर्शकले नविर्सिए हुन्थ्यो भन्ने त हिरोलाई लागिहाल्छ । नामको भोक यसै कहाँ सकिन्छ र ?