सुशान्तको आत्महत्यामा सीबीआईको आशंका , पोस्टमार्टम रिपोर्टमा डेट नै भेटिएन

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणको अनुसन्धान जटिल बन्दै गएको छ । सीबीआईले आत्यमहत्याको अनुसन्धान गर्दै जाँदा अनेत तथ्यहरु भ्ेटिदै गएको छ । उनको मृत्युको घटना नै रहस्यमय बन्दै गएको देखिन्छ । अनुसन्धान गरिरहेको अहिले मुम्बई पुलिसमाथि नै पीडित परिवार लगायतले आशंका गरेका छन् ।

केहि हप्ताबाट सीबीआईले मुद्दा सम्हालेपछि सुशान्तको पोस्टमार्टम रिपोर्टमा प्रश्न उठेको छ । हिजो एम्सका फरेन्सिक ल्याब प्रमुख डाक्टर सुधीर गुप्ताले पोस्टमार्टम रिपोर्टमा गडबड देखिएको बताएका छन् । उनले सुशान्तको पोस्टमार्टम नै शंकास्पद रहेको भन्दै पुन ः जाँच गर्न सीबीआईलाई आग्रह गरेका छन् । सुशान्तको पोस्टमार्टम रिपोर्टमा सुशान्तको मृत्युको समय नै उल्लेख नगरिएको थाहा पाएपछि उनले शंकाको व्यत्त गरेका हुन् ।