कलाकारको माफीको श्रृङ्खला
गल्ती भएपछि माफी माग्ने हिम्मत कमले गरेका छन् । कलाकारको त कुरा अर्कै हो । गल्तीलाई ढाकछोप गरेर तर्क वितर्क त गर्छन्, तर माफी माग्न हिम्मत गर्दैनन् ।
लकडाउनको बेलामा कलाकार गल्तीका गल्ती गर्दै गए । माफी पनि माग्दै गएका हुन् ।
अभिनेत्री वर्षा राउतले बोलिन्, मलाई भारतमा रहेका साथीहरुसँग कसरी कुरा गर्ने भैरहेको छ । वर्षाले नेपालको नक्सामा भारतले कब्जा गरेको नेपालको भूमी समेटिएपछि यो बोलिन् । ट्रोल अत्याधिक भयो । वर्षाले एक दिनमै माफी मागिन् । मैले भन्न खोजेको कुरा यो होइन भनेर माफी मागिन् । यसले वर्षालाई तनाव दियो । वर्षा अहिले बल्ल यो घटनाबाट बाहिरिदैछिन् ।
यो घटनापछि माफीको श्रृङ्खला रोकिएन । अभिनेत्री पूजा शर्माले नेपालमा १४ जिल्ला छन् भनिन् । ट्रोल फेरि बन्यो । यति धेरै बन्यो कि, पूजा तनावमा परिन् । पूजाले पनि माफी मागिन् । आफैले जान्नुपर्ने हो, मैले जानिन, अब सिक्छु भनिन् । उनले यसमा ठूलो हृदय देखाइन् । पूजाले माफी आफूलाई नै कमजोर देखाएर माफी मागेकी हुन् ।
महानायक विवाद त्यही बेला चुलियो । दीपाश्री निरौलाले महानायक हो र राजेश हमाल भनेर भन्दा विवाद भयो । पूजा र वर्षाको भन्दा बढी ट्रोल र आलोचना दिपाले भोग्न परेको हो । तत्काल माफी मागिन् । यतिले भएन । गाली गर्ने क्रम रोकिएन । फिल्म नहेर्ने, तथानाम गाली आयो ।
दिपाले जन्मदिनको दिनमा माफी मागिन् फेरि । उनले, आफूले भन्न नहुने कुरा भनेको भनेर माफी मागिन् । दिपाको आँखाबाट आँशु फेरि झरे । उनलाई राजेश हमालले माफी गरिदिनुहोला भनेर फ्यानसँग आग्रह त गरिसकेका थिए । तर, दिपाले दोश्रो पटक भिडियोमा आएर माफी मागिन् ।
कलाकारको माफीको श्रृङ्खला चलिरहेको छ । तर, कलाकारले माफी मागेपनि दर्शकले उनीहरुलाई ट्रोल बनाउन छाडेका छैनन् । माफी माग्नु ठूलो कुरा हो । फिल्म क्षेत्रमा त एउटा गल्तीले लामो दिनसम्म पोल्दोरहेछ ।
कलाकारले बोल्दा सजग हुनपर्ने भएको छ । कलाकारले माफी मागिरहन भन्दा पनि आफ्नो बोलीमा लगाम भने लगाउन आवश्यक छ ।
प्रतिक्रिया