फिल्म ‘केदारनाथ’ सुटिङ कै क्रममा नजिकिएका थिए सुशान्त र सारा
सुशान्त सिंह राजपुत र सारा अली खानको प्रेमको चर्चा यतिबेला भारतिय मिडियामा हुन थालेको छ । उनीहरु फिल्म केदारनाथ’ फिल्म सुर्टिङको क्रममा सुशान्त र सारा अली खान प्रेममा परेको चर्चाले फिल्मी बजार गरमराउन थालेको छ ।
सुशान्तका पुर्व रुममेट सैमुअल हाओकिपले सुशान्तको जीवनको बारेमा यस्तो खुलाशा गरेका हुन् । उनले सारा र सुशान्तले आफ्नो निकटताबारे रहस्य खोल्दै सारा र सुशान्तबीच गहिरो प्रेम रहेको बताएका छन् ।
हालै सैमुअलले आफ्नो इन्स्टाग्राममा एक पोस्ट गरेका छन्, ‘केदारनाथको प्रमोसनका समयमा सुशान्त र सारा पुर्ण रुपमा एक अर्कालाई माया गर्थे । दुवै जना बिल्कुल शुद्ध र निर्दोष बच्चा जस्ता थिए । दुवैले एक अर्कालाई सम्मान गर्थे जुन आजकाल त्यस्तो सम्बन्धमा कमै देखिन्छ । साराले सुशान्तको जीवनसँग जोडिएका सबैलाई निकै सम्मान गर्थिन् । बक्स अफिसमा नराम्रो पदर्शन भएको भन्दै माफियाको कुनै दबाबमा साराले सुशान्तलाई ब्रेकअप दिएकोमा भने मलाई आश्चर्य लाग्छ ।’
सैमुअलले सुशान्त रियाको कारण आफ्नै बहिनी प्रियंकासँग रिसाएको बारे पनि लेखेका छन् । उनले भनेका छन्,‘ सुशान्त र बहिनीको किचमा विवाद हुँदा आफुसँगै थिए । तर उनीहरु के कारणले झगडा गरको हुन् मेले कहिलै सोधिन ।’ उनले आफुले उनीहरुको झगडा मिडियामा आएपछि मात्र थाहा पाएको बताएका छन् । जुन कुरा जि न्युजले लेखेको छ ।
प्रतिक्रिया