प्रकाशसँग सहमतीपछि पूजाको स्टाटसको अर्थ


अभिनेत्री पूजा शर्माले संचारकर्मी प्रकाश सुवेदीसँगको विवाद किनारा लगाइन् । पूजालाई यो विवाद सार्वजनिक भएको दिनदेखि समर्थन, विरोध, ट्रोल भयो । पूजाले संघसंस्थाको उपस्थितीमा समझदारीमा हस्ताक्षर गरेकी हुन् । हस्ताक्षर गरेपछि पूजाले लेखेको स्टाटस फरक छ ।

उनले, सहमती भयो भनेकी छैनन् । उनले, विवाद सके मैले अब यो बिषयमा कुरा गर्दिन भनेकी छैनन् । पूजाले कसैलाई माफी दिनुको अर्थ उ माफीको लायक नभएपनि आफूले शान्ती चाहेको लेखिन् ।

यसो किन लेखिन् । के भन्छ यसले । पूजा प्रकाश माफीको लायक नभएपनि आफू चै शान्ती चाहेकाले माफी दिएको भन्दैछिन् । पूजा सहमतीबाट सन्तुष्ट छैनन् भन्ने हो स्टाटस हेर्दा ।

पूजाले माफीको कुरा गरेपनि समझदारी पत्रमा माफी भन्ने शब्द नै छैन । तर, पूजा त खुशी देखिइनन् ?