करणपछि अमिताभमाथि कंगनाको आक्रोश
बलिउड नायिका कंगना रनावतको आक्रोश बलिउडकर्मीमाथि जारी छ । उनले पछिल्लो समय बलिउडमा नाम चलेका कलाकारमाथि आक्रोश पोखिरहेकी छन् । केहि दिन अगाडी करण जोहरसँग आक्रोश पोखेकी थिइन भने आज अभिनेता अमिताभ बच्चनमाथि पनि टिप्पणी गरेकी छन् ।
उनले सुशान्त सिंह राजपुतको निधनपछि उत्पन्न भएका घटनामा नबाृलको भन्दै अभिताभमाथी खनिएकी हुन् । त्यस्तै उनले अर्को विषयमा पनिसँगै जोडेर आक्रोश पोखेकी छन् । उनले भारतमा बन्न लागेको राम मन्दिरको बिषयमा नबोलेको अमिताभमाथी प्रश्न उठाएकी छन् ।
उनले ट्वीटरमा भनेकी छन् ,‘अमिताभ बच्चन बलिउडका महानायक हुन् । तर, उनी राम मन्दिर निर्माण होस् या सुशान्तको निधनपछि विकसित घटनाक्रमका बिषयमा बोल्न सक्दैनन् । यो माफियाको डर हो । म उनको मुल्यांकन गर्न चाहन्नँ र उनले के सोच्छन् भन्नका लागि मसँग हैसियत पनि छैन ।’
कंगनाले आफुले ट्वीट गर्दा निकै डराई डराई लेखेको बताएकी छन् । उनले ग्रुपिजमका कारण फिल्म नपाउने पो होकी भन्दै उडाएर लेखेकी छन् –‘आफू वा आफ्ना सन्तानलाई बहिष्कार गर्न सक्ने धम्की होस् या उनीविरुद्ध ग्रुपिज्म हुने डरले उनले नबोलेको हुनुपर्छ । नत्र, उनी किन वधाई सहितको ट्वीट गर्न सक्दैनन् ?’
प्रतिक्रिया