आकाशको दुई थरी तर्क

निर्माता संघका अध्यक्ष आकाश अधिकारीले टेलिभिजनकर्मी प्रकाश सुवेदीलाई शर्त राखेर बहिष्कार गर्नुपर्छ भनेर ६ वटा अरु संस्थाले हस्ताक्षर गर्दा उनले पनि गरे ।

सुवेदीलाई बहिष्कार गर्ने ७ संस्थाको हस्ताक्षर आलोचित भयो । संचारकर्मी, दर्शक, फिल्मीकर्मीबाट विरोध भयो । विरोध आउँदा निर्माता संघका महासचिव रोज राणा नै हुन्, अध्यक्षको हस्ताक्षर उनको मात्र हो, हाम्रो होइन भनेर भन्ने । रोजले अध्यक्षको भनाई उनको भएको, संस्थाको आधिकारिक धारणा नै होइन भनिदिए ।

परेन फसाद । अध्यक्ष अधिकारी संकटमा परे । संकटमा परेपछि अध्यक्ष र महासचिव मिलेर विज्ञप्ती निकाले । जहाँ, अध्यक्षको धारणा संवाद र वार्ताबाट नै समाधान हुनुपर्छ भन्ने छ । यदि यस्तो छ भने बहिष्कार गर्नुपर्छ भन्ने भाषामा किन आकाशले हस्ताक्षर गरेका ? हस्ताक्षर एउटा गर्ने, आलोचना भएपछि यस्तो होइन भनिदिने ।

भनाई यस्तो हो भनेर निर्माता संघले मात्र स्पष्टिकरण दिदा अरु संस्था बहिष्कार नै गर्नुपर्छ भन्ने पक्षमा हुन् त ? कि, अब सबैले एउटा एउटा विज्ञप्ती निकालेर होइन होइन भन्ने हुन् । हस्ताक्षर र भाषा लेख्नु अघि सोच्नु पर्दैन ?