नेपालको झण्डा जलाउँदै जथाभावी र्याप हान्नेलाई कार्वाही गर्न माग
नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको एउटा र्याप गीत युट्युवमा आए लगत्तै आलोचित बनेको छ । सामाजिक सञ्जाल कर्ताले यो गीतलाई प्रतिबन्धित गरी यसमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग गरेका छन् ।
‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो । मन परि बोलिएको म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य समावेश गरिएको छ ।
र्याप जनरामा गाइएको गीतको लिरिक्स र्यापरका रुपमा मंगोल ग्याल्ज ली एन्ड एटीएम उल्लेख छ ।
गीतको भिडियोमा हेर्दा मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ । यसको विरोध गर्दै राप्रपा सांसद राजेन्द्र लिङदेनले ट्विटरमा लेखेका छन्, ‘जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापि स्वीकार्य हुँदैन । यसप्रकारको विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं ।’
उनी लगायत धेरैले यसको विरोध गर्दै कार्वाही गर्न प्रहरीलाई गुहारेका छन् ।
प्रतिक्रिया