‘गुञ्जन सक्सेनास् द कारगिल गर्ल’को कथा निर्माताहरूले तोडमोड गरेको श्रीविद्याको आरोप

इन्डियन एयरफोर्स (आइ.ए.एफ) की पाइलट श्रीविद्या राजनले फिल्म ‘गुञ्जन सक्सेनास् द कारगिल गर्ल’माथि आपत्ति जनाउदै प्रश्न गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुक पोस्टमार्फत् फिल्म तथ्यगत् हिसाबले हेर्ने हो भने गलत भएको बताएकी छन् ।

उनले फिल्ममा उधमपुरस्थित एयर बेसमा गुञ्जन सक्सेनालाई एकमात्र महिला पाइलटको रुपमा देखाइएको छ । श्रीविद्याका अनुसार त्यहाँ दुई महिला पाइलट थिए जसमध्ये एक उनी स्वयं  थिइन् । श्रीविद्या पाइलट गुञ्जनकी सहकर्मी समेत हुन् । भारतिय मिडियाका अनुसार उनीहरूलाई सन् १९९६ मा एकसाथ हेलिकप्टर इकाइमा खटाइएको थियो ।

श्रीबिद्याले यस विषयमा आपत्ती जनाउदै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्,‘पुरुषको बाहुल्यता रहेको पेशा थियो । हामीलाई डर थियो त्यहाँ आफू स्वीकार्य हुन्छौं या हुँदैनौं भन्ने ।’
त्यस्तै उनले थप लेखेकी छन्,‘हामीले गल्ती गर्थो । कडाईका साथ छानबिन पनि भयो । ती गल्ती पुरुष सहकर्मीले गरेको भए नदेखेजस्तै गरिन्थ्यो होला । हामीले आफूलाई साबित गर्न पुरुषहरूले भन्दा अलि बढी मिहेनत गर्नुपर्थो ।’ केही पुरुषले महिलालाई सहकर्मी नस्वीकारे पनि जानकारी दिएकी छन् ।

फिल्ममा गुञ्जन सक्सेना बनेकी जाहन्वी कपुर र सहकर्मीबीच पञ्जा लडाई गराइएको दृश्य इंकित गर्दै श्रीविद्याले भनेकी छिन्,‘त्यस्तो कहिल्यै भएन । ’ फिल्ममा कारगिलमा युद्ध हुँदा गुञ्जन सक्सेनालाई मात्र पठाइएको देखाएपछि उनी झन् आक्रोशित भएकी छन् । उनले यसलाई खण्डन गर्दै लेखेकी छिन्,‘जब कारगिल द्वन्द्व सुरु भयो, म पहिलो महिला पाइलट थिएँ जसलाई पुरुष इकाइका साथ श्रीनगरमा तैनाथ गरियो । गुञ्जन श्रीनगर आइपुग्नु अघि नै मैले द्वन्द्व क्षेत्रमा मिसनहरू उडाएँ । केही दिनको अपरेशन पछि, गुञ्जन सक्सेना अर्को चालक दलको साथ श्रीनगर आइन् ।’

विद्याले गुञ्जन एक सशक्त महिला वायु सेना भएको र आफूलाई उनीमाथि पूर्ण विश्वास भएको बताउँदै लेखेकी छिन्,’पक्कै फिल्म निर्माताहरूले कथा तोडमोड गरेका हुन् ।’ कारगिल द्वन्द्वमा गुञ्जन र आफूलेभन्दा बढी अप्ठ्यारा र चुनौति पुरुष सहकर्मीले भोगेको उनको अनुभव छ। तर, सधैं चर्चा आफूहरूको भएकोमा असहमती जनाउँदै भन्छिन्,’हामी महिला भएकै कारण जुन प्रशंसा बटुल्यौं त्यो मलाई ठीक लाग्दैन। किनकि अन्ततस् बर्दीमा हामी केवल एक सेना हौं।’

’गुञ्जन सक्सेना स् द कार्गिल गर्ल’विरुद्ध गत विहीवार नै भारतीय वायु सेनाले पनि निवेदन दिएको छ। वायु सेना बारे नकारात्मक प्रचार गरिएको भन्दै सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन (सीबीएफसी)मा पत्र पठाइएको हो।

https://www.facebook.com/sreevidya.rajan