नीताजी, कलाकारको धर्म ननिभाउने ।
लकडाउन र कोरोना बढेको समयमा त कलाकारले समाजमा दिनुपर्ने सन्देश आम मानिसको भन्दा बेग्लै होला । कि फाइदा मात्र खोजिदिने हो र ?फाइदा नै खोज्ने हो भने त कलाकारले यसो गरौ उसो गरौ भनेर सिकाएको कसले मान्ला ।
अभिनेत्री नीता ढुंगाना गायिका बनिन् । यो सम्म ठिकै छ । भिडियो सुटिङ गर्ने अनुमती सरकारले दिएकै छैन । कोरोना बढेको बढै छ । नीताले दर्जन भन्दा धेरै कोरस र ठूलो टिम बनाएर आफ्नो गीतको भिडियो बनाइन् ।
प्रहरीले एक रात आएर नगर्न भन्यो । सुटिङ रोकियो । कोरोना बढेको बढै थियो । नीता जस्ता कलाकारले त सरकारको आग्रह मान्नुपर्यो । नीताले त्यो दिन त सुटिङ गरिनन् । भोलीपल्ट दिनभर फेरि उही टिम लिएर गरिन् ।
दिउँसो वा राती त कोरोनाले म आउँछ र आउँदिन भन्दैन होला । प्रहरीले नै नगर्नु भनेपछि सुटिङ रोक्नुपर्ने होइन र । कि प्रहरीको आँखा छलेर भोलीपल्ट गरिदिने ।
नीता जस्ता कलाकारले समाजलाई सन्देश दिनुपर्ने होइन र । तर, यस्तो क्रियाकलपाले सन्देश दिन्छ र । कलाकारले समाजलाई के दिइरहेका छौ ।
प्रतिक्रिया