सुभद्राको निधन भएको बल्ल थाहा पाउने एलिजा


एलिजा गौतम, अनुराग फिल्मकी हिरोइन । यसपछि उनलाई फिल्ममा कसैले पत्याएन । उनका पति ऋषि धमलाले उनका लागि बारम्बार फिल्म बनाइदिने कुरा होइन ।

एलिजा गौतमलाई म्यूजिक भिडियोमा भने खेलाइरहेका छन् निर्माताले । भ्यूज जान्छ भन्ने लोभ होला । युटुबमा त उनी हिट । नाम चलेका युटुब च्यानलमा उनका अन्तरवार्ता हप्तैपिच्छे आउँछन् ।

फिल्ममा काम गरेर हिट हुन्छु भन्ने आशा अझै छ उनमा । तर, उनै एलिजालाई कलाकार सुभद्रा अधिकारीको निधन भएको पनि थाहा भएनछ । उनले, सुभद्राको निधन भएको आज हो भनेर उनलाई श्रद्धाञ्जली दिइन् । सानैदेखि फिल्म हेरेको थिए, दिदीलाई श्रद्धाञ्जली भनेर लेखिन् ।

तर, सुभद्राको निधन भएको आज एक बर्ष भयो । उनको संझनामा धेरै फिल्मकर्मीले फेसबुकमा स्टाटस लेखे । तर, एलिजा जस्ता कुनै कुनै कलाकार देखिएका छन्, जो सुभद्राको निधन भएको एक बर्ष हूँदा पनि आज निधन भएको संझेर श्रद्धाञ्जली दिइरहेका छन् । अब उनीहरुलाई कठै भन्नु भन्दा अरु के भन्ने होला ।