बेला बेलामा कसलाई आक्रोश पोख्छन् पल
अभिनेता पल शाहले गत लकडाउनको बेलामा आफुले फिल्मबाट पैसा नपाएको आक्रोश पोखेका थिए । त्यसपछि एकाएक सेलाएका पल फेरि आक्रोशित् मुन्द्रामा देखिएका छन् । निर्माताले पैसा नदिएको भन्दै पलले लकडाउनको बेला आक्रोश पोखेका थिए । फेरि सोही निर्माताबाट आफुलाई नयाँ चलचित्र बनाउँदा सहयोग गर्नुपर्छ भन्ने आशय आएपछि उनी झन् आक्रोशित भएका छन् ।
उनले केहि दिन अगाडी सामाजिक सञ्जालमार्फत आफ्नो कुरा काट्दै हिड्नेसँग नडराउने बताएका थिए । उनी बेला बेलामा यसरी सामाजिक सञ्जालमा कोसँग आक्रोश पोख्दै आएका हुन कसैको नाम खुलाएका छैनन् । उनले आफ्ना निकट मान्छेसँग पनि को र कसलाई उनको यो आक्रोश हो भन्ने बारेमा जानकारी दिएका छैनन् ।
प्रतिक्रिया