कंगनाले करण माथि हानिन् अर्को झटारो : ‘भारतीयलाई भिलेन देखाएर राष्ट्रवादको पसल चलाउने?’

बलिउड अभिनेत्री कंगना रनौत एकपछि अर्को विवादमा मुछिदै आएकी छन । उनले हालै एक ट्वीट गर्दै फिल्म उद्योगमा नेपोटिज्मलाई उक्साएको आरोप लगाउँदै करण जौहरलाई निरन्तर शब्दका प्रहार गरिरहेकी छन् । उनले करण जौहरको धर्मा प्रोडक्शनको फिल्म ’गुंजन सक्सेनास् द कारगिल गर्ल’ लाई निशाना बनाएर प्रश्न साधेकी छन् ।

कंगनाले आफ्नो आधिकारीक एक ट्वीटमार्फत करणले भारत(पाकिस्तानको युद्ध सम्बन्धी फिल्म पैसा कमाउन मात्रै फिल्म निर्माण गर्ने गरेको आरोप लगाएकी छन् । उनले फिल्ममा भारतीयलाई नै खलनायक देखाउने गरेको उल्लेख गर्दै ट्वीटरमार्फत भनेकी छन्, ‘आखिर करण जौहर कहिले सम्झिनेछन् कि एक सैनिक हमेशा सैनिक नै हुन्छ । सैनिकलाई जेण्डरले कुनै फरक पार्दैन ।’ प्रश्न गरेकी छन्, ‘भारतीयलाई भिलेन देखाएर राष्ट्रवादको पसल चलाउने?’

कंगनाले गाली गलौजको निशाना पटक पटक करणलाई बनाउँदै आएकी छन् । उनले केहि दिन अगाडी एक ट्वीटरको स्टाटसमा रिट्वीट गर्दै करण माथी जाइलागेकी थिइन । ‘गुंजन सक्सेनास् द कारगिल गर्ल’ को आलोचना गर्दै गुंजन सक्सेनाको असल देशभक्तिलाई नदेखाउन चेतावनी दिएकी छन् । फिल्म भारतीय वायुसेनाको पहिलो महिला पाइलट गुंजन सक्सेनाको बायोपिकमा जान्हवी कपूर, पंकज त्रिपाठी, अंगद बेदी र विनीत कुमार सिंहले अभिनय गरेका छन् जुन फिल्म १२ अगस्टमा नेटफ्लिक्समा रिलिज भइसकेको छ ।