सुशान्तसिंह राजपुतलाई क्यालिफोर्नीया राज्य विधान सभाले गर्यो सम्मान

बलिउडका लोकप्रिय अभिनेता सुशान्तसिंह राजपुतलाई क्यालिफोर्नीया राज्य विधान सभाले सम्मान गरेको छ । उनले सिनेमा र समूदायमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको भारतिय मिडियाले जनाएका छन् ।

सुशान्तले पाएको उनलाई प्राप्त प्रमाण पत्र उनीकी बहिनी श्वेता सिंह क्रितीले सार्वजनिक गर्दै इन्स्टाग्राममा तस्विर सेयर गरेकी छन् । उनले उक्त तस्विर सेयर गर्दै श्वेताले लेखेकी छिन् ,‘ भारतको स्वतन्त्रता दिवसको अवसरमा क्यालिफोर्नीयाले मेरो दाइ सुशान्तलाई समूदायको हितका लागि योगदान पु¥याएको भन्दै कदर गरेको छ । क्यालिफोर्नीया हामीसँग छ । के तपाईं हुनुहुन्छ ?’

त्यस्तै सुशान्त सिंह राजपुत यस वर्ष राष्ट्रिय पुरस्कारमा समेत सम्मानित गर्न लागिएको छ । भारतिय मिडियाका अनुसार भारतको सूचना तथा प्रसारण मन्त्रालयले मरणोपरान्त सम्मान गरिने बताएको हो । त्यहाँ लेखिएको छ ,’जिउँदो छँदा उसको कामको मूल्याङ्कन भएन। त्यसैले मरणोपरान्त सम्मान गर्न लागिएको हो ।’

सुशान्तले जुन १४ मा मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिए आत्महत्या गरेका थिए । उनको आत्महत्याको कारण खोज्दै प्रहरी दुइ महिना लगाइसकेको छ । उनका परिवारले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध उजुरी दिएका छन् ।