म्युजिक भिडियो तथा सिरियलको छायाँङ्कनलाई धमाधम रोक्दै प्रहरी

सरकारले फिल्म,टेलिफिल्म तथा गीतको भिडियो छायाँङ्कन गर्नका लागि अनुमती दिएको छैन । तर पनि लकडाउन केहि सहज भएपछि धमाधम छायाँङ्कन गर्नेको लर्को नै लागेको थियो । तर यसलाइृ प्रहरीले अवरोध गर्न थालेको छ ।

यहि २९ गते बेलुकी एउटा पार्टी प्यालेसमा छायांकनको तयारी गरिरहेकी अभिनेत्री नीता ढुंगानाको टिमलाई रोकेको छ । प्रहरीले लकडाउनमा म्युजिक भिडियो लगायतमा छुट नदिएको भन्दै प्रहरीले छायाँङ्कनमा रोक लगाएको हो । नीताको आफ्नै स्वरमा रहेको भजनको छायाँङ्कन गरिहरेकी थिइन ।

सिरियलको छायाँङ्कनमा क्यामेरा नियन्त्रण

त्यस्तै ,प्रहरीले टेलिसिरियल ‘झोल झाल’को छायांकन पनि रोकेको छ । प्रहरीले क्यामेरालाई भ्यानमा हालेपछि यसका निर्देशक दिनेश पाख्रिनमा भ्यानमा चढेका थिए । दर्जनौ कलाकारलाई लिएर उनी शंखमुलमा छायांकन गरिरहेका थिए । जिल्ला प्रशासन कार्यलयले निषेधाज्ञा जारी गरेता पनि केहि अटेर गरेर सिरियल तथा म्युजिक भिडियो बनाइरहको थिए ।

अटेर गरेर छायाँङ्कन गरे कार्वाही गर्ने प्रहरीको तयारी छ । धेरै मान्छे जम्मा हुने र भिडभाड गर्ने गरेको कारण पनि प्रहरीले छायाँङ्कनमा हस्तक्षेप गर्न थालेको हो । पछिल्लो समय सरकारले निषेधाज्ञा जारी गरेको र पुर्ण पालना गर्दै भिडियो छायांकनको काम रोकेको कलाकारले बताएका छन् । अभिनेता पल शाह र सागर लम्साल बलेले तत्काललाई म्युजिक भिडियो नगर्ने उद्घोष नै गरिसकेका छन् ।