साम्राज्ञीको नयाँ अध्याय के हो ?
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म खेल्ने संझौता गरिन् । यो उनका आलोचकका लागि मुख बन्द गर्ने जवाफ हो । साम्राज्ञीले मुख बन्द गर्ने जवाफ दिएपछि आफू पनि मौन नै छिन् । साम्राज्ञीले अभिनेता भूवन केसीसँग भएको विवादमा संचारमाध्यममा पुगेरै बोलिन् । मनको कुरा खोलिन् । अनी चुप लागेर बसिन् ।
साम्राज्ञीले फोटो राखिन्, आइतबार । उनले नयाँ अध्याय सुरु भएको भनेर उल्लेख गरीन् । नयाँ दिन नयाँ अध्याय भनेर उनले लेखेकी छिन् । हुनत, नयाँ दिनमा नयाँ योजना बुन्न पाइन्छ । कलाकारले पनि नयाँ योजना बुन्छन् । उनको पनि योजना नयाँ होला । तर, विवादमा परेको समयमा नयाँ अध्याय भनेर लेख्दा साम्राज्ञीले यो बिषयमा नबोल्ने सोचेकी हुन् कि, या अरु कुनै कदम चाल्न खोजेकी हुन् कि भन्ने भान उनका फ्यानलाई हुन सक्छ ।
साम्राज्ञीबाट फिल्म उद्योग अपेक्षा गर्दछ । उनले राम्रो फिल्म खेलेर दर्शकलाई खुशी बनाउन् भनेर आशा राखिन्छ । उनको नयाँ अध्याय यता केन्द्रित भयो भने सबैलाई सुखद सन्देश हुन्छ ।
प्रतिक्रिया