सलोन र आमेश फिल्म ‘रुम नम्बर १०८’ मा फाइनल

फिल्मको छायाँङ्कन कहिलेबाट गर्ने भन्नेमा निर्माण टिम अन्योलमा छ । कोरोना महामारी झन् झन् बढिरहेको अवस्थामा यहि भदौँबाट फ्लोरमा जाने भनिएका फिल्महरु चुपचाप बसिरहेका छन् । तर यो अवस्थामा फिल्म निर्माण टिमले नयाँ फिल्म घोषणा गर्न भने छोडेका छैनन् । अहिले कलाकार छनोटमा केहि टिम लागि परेको छ ।

अभिनेता अभिनेत्रीबाट आर्यन सिग्देल, रेखा थापा,निखिल उप्रेती, केकी अधिकारी, भुवन केसी, प्रदीप खड्का, रमेश उप्रेती लगायत निर्माताका रुपमा आइसकेका छन् । फेरि अभिनेता फिल्म निर्माण गर्न तम्सिएका छन् । सधैँ साइड हिरोमा रुपमा खेलेको भनेर गसिप बनिरहेन अभिनेता सलोन बस्नेतले आफ्नै लगानीमा फिल्म निर्माण गर्न लागेका हुन् । उनले फिल्म ‘रुम नम्बर १०८’ बनाउने घोषणा गरेका छन् । यस फिल्मको गीतमा केहि समय अगाडी सलोन र आमेश भण्डारीले गाइसकेका छन् । सार्वजनिक भएको यस गीतको भिडियोमा उनीहरु स्वयंले अभिनय गरेका थिए ।

उनीहरुले यहि गीतको नामबाट फिल्मको नाम जुराएका हुन् । फिल्म ‘रुम नम्बर १०८’ मा सलोन र आमेशले मुख्य भूमिका रहने छन् भने केहि कलाकारको छनोट भइरहेको छ ।  यहि फिल्मबाट निर्देशकको रुपमा सुरेश न्यौपानेले डेव्यु गर्दैछन् । यस भनदा अगाडी उनले ‘सम्हालिन्छ कहिले मन’, ‘यात्रा’, ‘सो सिम्पल’ लगायत थुप्रै फिल्ममा मुख्य सहायक निर्देशकका रुपमा काम गरेका थिए ।

फिल्म प्रेमकथामा आधारित हुने निर्माण टिमले जानकारी दिएको छ । त्यस्तै फिल्म ‘सलोन सलिना फिल्मस्’ को ब्यानरमा निर्माण हुनेछ । यो टिम सरकारले फिल्म छायांकनको अनुमति दिएपछि फ्लोरमा निस्कने तयारीमा छ ।