विनिता र कुशलको आवाजमा ‘मुख नचला नकटी ’
हिन्दुु धर्मावलम्वी नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा नारीहरुले भोगेका पिडा र बेदनालाई समेटेर गायिका विनिता गुरुङ , गायक कुशल विश्वकर्मा, संजय परियार , मिलन थापा मगर र गीता गेढाल मगरको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘मुख नचला नकटी’ सार्वजनिक भएको छ । गीतसँगै भिडियोलाई पनि सार्वजनक गरिएको छ ।
गीतमा सासु बुहारी विचको जुहारीलाई देखाइएको छ । आपसमा घरमा हुने फरक मत र विचारबाट उत्पन्न हुने द्धन्द्धलाई गीतमा समेटिएको छ । रामु विरहीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतमा आपसमा हुने विभेदबाट घर परिवारमा आएको विचलनलाई समेटिएको गीतका सर्जक रामु विरहीले बताए । जनक राज अधिकारीको छायाँकन , अविनास डिसीको सम्पादन तथा रामु विरहीको निर्देशन भिडियोमा रहेको छ । ‘मुख नचला नकटी’ गीतको भिडियोमा रामु विरही , चन्द्र विडारी , चन्दनी क्षेत्री , रितिक क्षेत्री , नानु भण्डारीको अभिनय रहेको छ ।
प्रतिक्रिया