रेखा र अभिताभको प्रेमले निर्देशकलाई तनाव । दुवैले, समय विताउनका लागि दुवै छोड्थे फिल्म

सदाबहार सुन्दरी अभिनेत्री रेखा र अभिनेता अमिताभ बच्चन बारे प्रेमको चर्चाले बलिउडमा हंगामा मच्चाएको छ । यि दुईको कुनै समय रेखा र अमिताभको अफेयरको चर्चा चल्थ्यो भने कहिले दुवैले छोडेको फिल्मको चर्चा चल्थ्यो । यसक्रममा एक समय रन्जितसागको फिल्म नै छोडेर अभिनेत्री रेखाले अमिताभलाई भेट्न गएकी थिइन् ।

रेखा हरेक समय अमिताभसँग धेरैभन्दा धेरै समय बिताउन चाहान्थिन् । अमिताभसँग धेरै समय विताउनका लागि उनले निर्देशकलाई बेला बेला तालिका फेरबदल गर्न शर्त राख्थिन तर निर्देशकले नमाने फिल्म नै अस्वीकार गरेकी छन् । भारतिय मिडियाले जनाएअनुसार रन्जितले ९० को दशकमा ‘कारनामा’ फिल्म बनाइरहेका थिए ।

फिल्मको मूख्य भूमिकामा रेखा र धर्मेन्द्र हुने पक्कापक्की भएको थियो । दुवैले यस फिल्ममा साइन गरेका थिए । फिल्मको छायाँङ्कन सुरु भएको थियो । निर्देशक रन्जितले साँझको समय रेखा र धर्मेन्द्रको शुटिङको समय राखेका थिए । आफुलाई साँझको समय सुटिङ राखेको भन्दै उनको फिल्म नखेल्ने बताईन् ।

किनभने यसको बाधक थिए अभिनेता अमिताभ बच्चन । यस समयमा अमिताभ र रेखाको भेटभाट हुने समय हुन्थ्यो । रेखा नेल्ने भनेपछि रेखाले भनेको समयमा रन्जिले फिल्म सुटिङ गर्न बाध्य भए । किनभने यस फिल्मको मुख्य अभिनेत्री रेखा नै थिइन् । हालै एक अन्तरवार्तामा रन्जितले आफुलाई अभिनेत्री रेखाले दिएको तनावमा बारेमा बोलेका छन् । उनले यस बिषयमा धमेन्द्रसाग सल्लाह गरेर रेखालाई हटाएको बताएका छन् ।