अक्षय कुमारले बाढी पिडितका लागि दिए दुइ करोड

बलिउडका कलाकारहरु पछिल्लो समय दिन दुखीको सहयोग तथा समाज सेवामा जुटेका छन् । सोनु सुदले केहि सडकमा आएका मान्छेलाई घर जागिर दिएर समाजसेवामा लागेको चर्चा सेलाउन नपाउँदै अर्का अभिनेता पनि समााज सेवामा सक्रिय रहेका छन् ।

बलिउड स्टार अक्षय कुमारले पनि बाढी पीडितका लागि आर्थिक सहयोग घोषणा गरेका छन् । उनले आसाम र बिहारका पीडितहरूका लागि मुख्य मन्त्री राहत कोषमा एक एक करोड दिने घोषणा गरेका हुन् ।

एक फिल्मको सुटिङका लागि स्कटल्यान्ड पुगेका अक्षयले उतैबाट बाणी पिडितका लागि एक एक करोड दिने बताएका छन् । हाल उनी स्कटल्याण्डमा फिल्म ‘बेलबटम’ छायाँकनमा ब्यस्त रहेका छन् । बाढी पीडितलाई सहयोगका लागि दुवै ठाउँका मुख्य मन्त्रीसँग उनले कुराकानी गरेको भारतिय मिडियलो बताएका छन् ।

भारतिय पत्रिका बलिउड हंगामाका अनुसार अक्षयले यसअघि प्रधानमन्त्री राहत कोषमा कोभिड १९ विरुद्ध लड्नका लागि भन्दै २५ करोड रुपैयाँ जम्मा गराएका थिए । फोर्बको सर्वाधिक कमाउने कलाकारको सूचिमा छैठौं स्थानमा परेका अक्षय एकमात्र बलिउड कलाकार हुन् । उनको वार्षिक कमाई ४८.५ मिलयन डलर (३ सइ ६२ करोड) रहेको छ ।