फुटबलसँग सम्बन्धित वेब सिरिज ‘अफ साइड’ निर्माण
(कोभिड १९) कोरोना भाइरसको कारण यति बेला विश्वभरको जनजीवन प्रभावित बनेको छ । नेपालमा पनि कोरोनाको प्रभावले सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेको छ । मनोरञ्जन तथा खेल क्षेत्र झन् ठुलो मारमा परेको छ । नेपाली चलचित्र उद्योग र नेपाली खेलक्षेत्र पुरै ठप्प छ ।
कोरोना महामारीकोबीचमा खेलाडी त्यसमा पनि विशेष फुटबल खेलसँग सम्बन्धित रहेर वेब सिरिज ‘अफ साइड’ निर्माण गरिएको छ । फुटबल खेलका राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडीहरुको समेत अभिनय रहेको वेब सिरिज ‘अफ साइड’ यु ट्युब मार्फत सार्वजनिक भईरहेको छ ।
जितेन्द्र राजोपाध्यायले निर्देशन तथा सम्पादन गरेको सिरिजमा सुगन तन्डुकार,सरिता भुजेल,सकल रेग्मी,कमल श्रेष्ठ,आशिक थापा मगर,डिकेस खड्गी,जोन जुनियर,संजय थापा तथा बाल कलाकार समिर तन्डुकारको अभिनय रहेको छ । कार्यकारी निर्माता तथा परिकल्पना सुगन तन्डुकार रहेका छन् । सिरिजमा काजी लिम्बुको कथा,सम्राट बस्नेतको द्वन्द निर्देशन,डोलेन्द्र कटुवालको छायाँकन रहेको छ ।
अहिलेको समयमा फुटबल खेलाडीको समस्यालाई कमेडी तथा ब्यंग्यात्मक रुपमा निर्देशकले देखाउन खोजेका छन । संजिल लामा,जितेन्द्र कार्की र समाइरा तन्डुकार निर्माता रहेको सिरिज ‘अफ साइड’ नामक यु ट्युब च्यानल मार्फत प्रत्येक बिहिबार साँझ ४ बजे सार्वजनिक भइरहेको छ । पहिलो सिजन अन्तर्गत सिरिज १२ भाग निर्माण गर्ने र भबिस्यमा यस्तै बिषयमा फिचर फिल्म समेत निर्माण गरिने कार्यकारी निर्माता सुगन तन्डुकारले बताए ।
प्रतिक्रिया