सञ्जयले क्यान्सर जित्नेमा मनिषाको विश्वास
बलिउड अभिनेता सञ्जय दत्तलाई क्यान्सर भएको छ । उनलाई फोक्सोमा क्यान्सर भएको हो । जुन खबर थापा पाएपछि धेरैले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
सञ्जयलाई क्यान्सर भएको खबर पाएपछि अभिनेत्री मनिषा कोइरालाले पनि स्वाथ्यको कामना गरेकी छन् । उनले सञ्जय दत्तलाई बाबा भनेर सम्बोधन गर्दै,‘उहाँले कठोर संघर्ष पार गरेको मान्छे यस्तो क्यान्सरलाई पनि जित्न सक्नुहुनेछ ।’ जस्तो सुकै कठिन परिस्थितिमा नहारेका सञ्जयले क्यान्सरलाई पनि जित्ने अभिनेत्री मनिषाको विश्वास छ ।
कोरोना महामारीका केहि महिना अगाडी मनिषा नेपाल आएकी छन् । सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएपछि उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् । ६१ वर्षीय अभिनेता सञ्जय शरीरमा अक्सिजनको गडबडी देखिएलगत्तै ८ अगष्टमा सञ्जय मुम्बइस्थित लिलावती अस्पतालमा भर्ना भएका थिए ।
प्रतिक्रिया