शान्ति रिजालको ‘माइती गाउँ ’
गायिका शान्ति रिजाल फेरी आफ्नो नयाँ सांगीतिक कोसेलीको साथमा बजारमा आएकी छिन् । नेपाली नारीहरुको महान चार्ड हरितालिका तीजको छेको पारेर तीज गीत ‘माइती गाउँ ’ बजारमा आएकी हुन् ।
नेपाली तीज गीतहरुमा पछिल्लो समय बिकृति र विसंगति बढी मात्रामा आइरहंदा उनले आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ चिन्ता ब्यक्त गर्दै यस गीतलाई बजारमा ल्याएकी हुन् ।
गीतमा शान्ति रिजाल पौडेलको एकल स्वर सुन्न सकिन्छ भने लय तथा शब्द सिर्जना गोपाल नेपाल जी.एम को रहेको छ । यस गीतको म्युजिक भिडियोमा तारा कार्की, कोपिला रसाइली र सुजना रिजालको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन स्मृति तिमल्सिना “गुरुआमा“ ले गरेकी हुन् भने छायांकन बिपिन क्षेत्री र सम्पादन प्रकाश धमलाले गरेका छन् ।
प्रतिक्रिया