सुपुष्पाले के सिकिन् ?
अभिनेत्री सुपुष्पा भट्ट हैरान छिन् । ३ वटा फिल्म खेलेकी छिन्, ३ वटैमा सहायक हिरोइन भइन् । मुख्य हिरोइन हुने कहिले ? छ माया छपक्कै को ब्रान्डमा लोभिएर काम गरिन् । भूमिका सानो थियो, ब्रान्डको लोभ थियो । फिल्म चल्यो, सुपुष्पाको कामको चर्चा कसले गरिदेला र ?
चपली हाइट ३ को चर्चा त स्वस्तिमा खड्काले पाइरहेकी थिइन् । फिल्म चल्यो भने दर्शकले आफूलाई पनि नोटिस गर्ने चाहना थियो । फिल्म नै कोरोनाले कहिले चल्छ बनाइदियो । कोरोना कहर सकिएर फिल्म चल्ने बेलामा त को कलाकार कता हुने भैसक्यो । फिल्म कसले बनाउला, यती धेरै कलाकारलाई कसले लिने हो ?
सुपुष्पा अहिले टिकटक बनाउन व्यस्त छिन् । कलाकारलाई टिकटकको भूत सवार छ नै । सुपुष्पालाई पनि समय पास गर्न पर्या होला ।
उनी, जिवनमा कि जित्नपर्छ, कि सिक्नपर्छ हार्न भने हुँदैन भन्छिन् । ३ वटा फिल्म खेल्दा उनले जितिन् कि सिकिन् त ? खै दर्शकलाई त न जित्या जस्तो, न सिक्या जस्तो देखिन्छ ।
प्रतिक्रिया