यौन दुर्व्यवहार सहन नसकेर ‘औड्री एण्ड डेजी’की पात्र डेजी कोलेम्यानले गरिन आत्महत्या
नेटफ्लिक्सको डकुमेन्ट्री ’औड्री एण्ड डेजी’की पात्र डेजी कोलेम्यानले यौन दुव्र्यव्यवहार सहन नसकेर आत्महत्या गरेकी छिन् । उनले यहि बुधवार आत्महत्या गरेकी त्यहाँको प्रहरीले जनाएको छ । उनकी आमाले पनि छोरी बुधबार मृत भेटिएको जानकारी दिएपछि घटना बाहिर आएको हो ।
१४ बर्षको उमेरमै बलात्कारको सिकार भएकी डेजीले पटक पटक यौन दुव्र्यवहारमा पर्दै आएकी थिइन । डेजीलाई त्यो बेला मिसौरीको म्यारीभिलामा एक पार्टी सकिए पछि उनलाई रक्सी खुवाएर उनीविरुद्ध दुव्र्यवहार गरिएको थियो । उनी हाल २३ वर्षी पुग्दै थिइन् ।
आमा मेलिन्डा कोलेम्यानले आफ्नो छोरीको त्यो बलात्कारको चोट अहिलेसम्म ठीक नभएको बताएकी छन् । फेसबुकमा लेखेकी छिन्,’उ एक असल साथी र उत्कृष्ट छोरी थिइ। उसलाई लागेको थियो होला म उ बिना बाँच्न सक्छु । तर, सक्दिँन ।’
१४ बर्षको कलिलो उमेरमा डेजी बलात्कार भएको घटनाले देशव्यापी आन्दोलनमा उत्रेको थियो । उनले १७ वर्षीय म्याथिउ बार्नेटविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । तर, किशोरावस्थामा रहेका आरोपित पीडकविरुद्धको उजुरी पैसा र पावरका भरमा केही समयमै खारेज गरिएको थियो ।
My daughter Catherine Daisy Coleman committed suicide tonight. If you saw crazy/ messages and posts it was because I…
Gepostet von Melinda Moeller Coleman am Dienstag, 4. August 2020
प्रतिक्रिया