विशालको फिल्ममा आर्यन अनुबन्धित
अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । उनी निर्देशक विशाल सापकोटाको नयाँ फिल्मका लागि अनुबनिधत भएका हुन् । फिल्म ‘सेल्फी किङ’ निर्देशन गरेका बिशाल सापकोटाले अब नयाँ फिल्म निर्माण गर्ने बताएका छन् ।
निर्देशक विशाल सापकोटा र अभिनेता आर्यन सिग्देललेसँगै खिचेको फोटो सामाजिक सञ्जालमा राखिएपछि उनीहरु नयाँ फिल्मका लागि काम गर्न लागेको धेरैले अनुमान गरेका थिए । केहि दिन अगाडी निर्देशक सापकोटाले आर्यनसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेपछि धेरैले ‘अर्जुन रेड्डी’ को तयारीका लागि हो भन्ने प्रश्न गरेका थिए । यसको जवाफ फर्काउदै विशालले यो फिल्मका लागि नभई अर्को प्रोजेक्टको लागि आर्यनसँग टिमअप भएको जानकारी दिएका छन् ।
दुवैजनासँगै पोखरामा रहेका निर्देशक र अभिनेता लोकेसन हेरिरहेको अनुमान गरिएको छ । विशालको निर्देशनमा बनेको फिल्म ‘सेल्फी किंङ’ फ्लप भएको थियो भने आर्यन अभिनित फिल्म होमवर्क देखि यता लगातार रुद्रप्रिया , कायरा, गत बर्षको प्रदर्शनमा आएको फिल्म ‘ हजार जुनीसम्म , र चच हुई ’ फ्लप कै टोकरीमा पुगेको थियो । सेल्फी किङमा अभिनेता बिपिन कार्कीलाई अभिनय गराएका निर्देशक सापकोटाले अहिले आर्यनलाई लिएर फिल्म बनाउन लागेका छन् ।
प्रतिक्रिया