त्यो दुर्घटनाले अझैँ परमितालाई माफी मगाइरहन्छ

अभिनेत्री परमिता आरएल राणालाई अहिले पनि त्यो दुर्घटनाले राम्ररी बस्न दिएको छैन । गत मंसिर २८ गते बुढाानिलकण्ठमा उनी चढेको कारले लिला देवकोटालाई ठक्कर दिएको थियो । कारले ठक्कर दिएको देवकोटाको घटना स्थलमा नै ज्यान गएको थियो ।जस घटनाको बारेमा आम दर्शक तथापिडित परिवारसँग अभिनेत्री परमिताले पटक पटक माफी मागिरहेकी छन् । उनले आइतबार पनि सबैसँग माफी मागेकी छन् ।

गत मंसिर २७ गते राती ठमेलमा विताएर भोलिपल्ट विहानै उनी लगायत चालक पृथ्वी मल्ल शिवपुरीबाट फर्किने क्रममा भएको दुर्घटना भएको थियो । यसै विषयममा अभिनेत्री परमिताको चौतफी आलोचना भएपछि पटक पटक इन्स्टाग्राम मार्फत् माफी माग्दै त्यो घटनाबाट आफू दुखि भएको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘ मैले जे गरे त्यो गलत गरे र म यसको उत्तरदायी हुँँ । तर म पनि मान्छे हुँँ र बारम्बार मलाई नकारात्मक कमेन्ट गरेर त्यो दुर्घटनाको बारे सम्झाउँदा मलाई त्यसले असर गर्छ । त्यसैले मैले आफ्नो नियन्त्रण गुमाए र मैले त्यो कमेन्ट लेख्न पुगेँ । मलाई यो पनि थाहा छ कि त्यो मेरो असंवेदनशीलता थियो र मैले त्यो चिताएकी पनि थिईन र मैले त्यसरी आफ्नो नियन्त्रण गुमाउनु हुँदैन थियो भन्ने महसुस हुने बित्तिकै त्यो कमेन्ट मैले डिलिट गर्दिहालेँ । त्यसको स्क्रिनसट लिईसकेको रहेछ भनेर मलाई थाहा थिएन । म टिकटककी प्रयोगकर्ता प्रियंका डंगोललाई माफी माग्न चाहन्छु । म अत्यन्तै क्षमाप्रार्थी छु ।’

उनले आफुप्रति दर्शाइएको नकरात्मक टिकाटिप्पणी माथी सामना गर्ने साहस र हिम्मत बटुलिरहेको बताएकी छन् । उनले आफ्नै कारणले त्यो दुर्घना निम्तेको र त्यसको भागिदार आफु भएको उनको भनाई छ । आफ्नो व्यवहारमा दुइ असभ्य देखिएकोमा लज्जित भएको बताएकी छन् । आफ्नो व्यवहारले नै आफैलाई अफ्ठ्यारो पारेको उनको भनाई छ ।

उनले भिडियोसँगै लेखेकी छिन्, ‘ म मेरा भावनाहरु नियन्त्रणमा राख्न सक्दो प्रयास गर्नेछु चाहे जती नै गाह्रो भए पनि तर म यो गल्ती अब कहिले पनि दोहो¥याउने छैन । म साँच्चिकै दुखी छु । मलाई साँच्चिकै माफी माग्न र दुखी हुन बाहेक मैले अरु केही पनि भन्न सकेको छैन । मैले म आँफैलाई र मेरा आफ्नाहरुलाई निराश बनाएकी छु । म आँफै प्रती निकै नै लज्जित छु ।’

View this post on Instagram

मलाई थाहा छैन म अब को हुँँ। म दिनदिनै राम्रो मान्छे बन्ने कोशीश गर्दैछु तर मेरो रिस, आवेग र बचकाना व्यवहारले मलाई जित्यो। मैल गत डिसेम्बेर २०१९ मा के गरेँ भन्ने कुरा थाहा छ र म पूर्णरूपमा गलत र स्वार्थी भएँ र मैले सामाजिक सञ्जालमा पोस्ट गरेको क्षमा याचना पनि सही थिएन। मलाई त्यो थाहा छ। मैले जे गरेँ त्यो गलत गरेँ र म यसको उत्तरदयी हुँँ। तर म पनि मान्छे हुँँ र बारम्बार मलाई नकारात्मक कमेन्ट गरेर त्यो दुर्घटनाको बारे सम्झाउँदा मलाई त्यसले असार गर्छ, त्यसैले मैले आफ्नो नियन्त्रण गुमाए र मैले त्यो कमेन्ट लेख्न पुगेँ। र मलाई यो पनि थाहा छ कि त्यो मेरो असंवेदनशीलता थियो र मैले त्यो चिताएकी पनि थिईन र मैले त्यसरी आफ्नो नियन्त्रण गुमाउनु हुँदैन थियो भन्ने महसुस हुने बित्तिकै त्यो कमेन्ट मैले डिलिट गर्दिहालेँ। त्यसको स्क्रीनशट लिईसकेको रहेछ भनेर मलाई थाहा थिएन। म टिकटककी प्रयोगकर्ता प्रियंका डंगोललाई माफी माग्न चाहन्छु। म अत्यन्तै क्षमाप्रार्थी छुँ। मेरो तपाईंँलाई अपनमान गर्ने मनसाय थिएन। मलाई माफ गर्नुहोला मैले मेरो नराम्रो पक्ष प्रस्तुत गरेँ र तपाईँलाई गरेको जस्तो व्यवहार कसैले पनि कसैलाई गर्नुहुँदैन। म बुझ्छु, म प्रतीको रिस र आक्रोश। मलाई थाहा छ कि म मानिसहरुमा राम्रो प्रभाव पार्न सकेको छैन। र म फेरी पनि माफि माग्न चाहन्छु। यो म होईन। म प्रतीको सर्वसाधारणको आक्रोश जायज छ र मलाई क्षमा गर्नुहुन्छ होला भन्ने आशा गर्दछु। मलाई वर्षाईएका नकारत्मकतालाई सामना गर्ने साहस र हिम्मत बटुल्दै छु र यो सबै मेरै कारणले निम्तेको हो। र म यो सबको भागीदार हुँँ, मेरो मुर्खता र बचकाना व्यवहारले गर्दा। हामी सबैको अलग-अलग पक्ष हुन्छ राम्रो, नराम्रो र अत्तिनै नराम्रो। सर्वसाधनले मेरो असभ्य व्यवहार दुईचोटी देख्नपरेकोमा म लज्जित छुँ। म निकै लज्जित छु र मेरै व्यवहारले मलाई नै असजिलो बनाएको छ। म मेरा भावनाहरु नियन्त्रणमा राख्न सक्दो प्रयास गर्नेछु चाहे जती नै गाह्रो भए पनि तर म यो गलती अब कहिले पनि दोहोर्याउने छैन। म साँच्चिकै दुखी छु। मलाई साँच्चिकै माफी माग्न र दुखी हुन बाहेक मैले अरु केहीपनि भन्न सकेको छैन। मैले म आँफैलाई र मेरा आफ्नाहरुलाई निराश बनाएकी छु। म आँफै प्रती निकै नै लज्जित छु।

A post shared by Paramita Tania Parker RL Rana (@paramita2.0) on