आफु विरुद्ध लागेको मुद्धा डटेर लड्छु : साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्देशक तथा निर्माता भुवक केसीको आरोप पत्यारोप रोकिएको छैन । उनीहरुको विवाद अहिले अदालतसम्म नै पुगेको छ । निर्देशक तथा निर्माता भुवन केसीले अदालतमा साम्राज्ञी विरुद्ध गाली गलोज, मानहानी र अपमान गरेको भन्दै दश करोडको क्षतिपुर्तीको माग सहित मुद्धा हालेपछि उनीहरुबीचको द्धन्द झन् चर्किएको हो ।

एक पत्रिकालाई अभिनेत्री साम्राज्ञीले अन्तरवार्तामा आफु माथी लागेको मुद्धामा नडराउने बताएकी छन् । उनले आफुलाई भुवन केसीले दुव्र्यवहार गरेको र यस बारेमा कडा रुपमा बोल्ने बताएकी छन् । उनले आफुलाई मात्र दुव्र्यवहार नगरे आमालाई पनि भुवनले दुव्यवहार गरेको आरोप लगाएकी छन् ।

भुवन केसीले आफु विरुद्ध हालेको मुद्धामा नडराउने समेत बताएकी छन् । उनले आफुलाई सड्यन्त्र गरेको समेत बताएकी छन् । साम्राज्ञीले आफु सहि भएको र सत्य मान्छे कै जित हुने अन्तरवार्तामा भनेकी छन् । उनले भनिन्, ‘जसरी उहाँले झुट ,सडन्त्र गरिहरनु भएको छ । मलाई मात्र नभएर मेरो ममलाई पनि ह्यारेस गरिरहनु भएको छ । यस्तो बेलामा उहाँले होइन आफुले चाही केस लगाउने पर्ने हो ।’ आफुले भोगेको कुरा नै अन्तरवार्तामा दिएको र फाल्टु कुरा कुनै पनि नभनेको उनको जिकिर थियो ।

पोखराको होटलमा ममाथी तर धन्न

पोखरा सुटिङका क्रममा आफुमाथी यौन दुव्र्यव्यवहार गर्न खोजेको बताएकी छन् । आफु सुतिरहेको बेला डल्ले डल्ले मान्छे गन्जी र कट्टुमा सुटुक्क रुममा छिरेर हात पेटमा राखेको र आफु काल्लिदा त्यो मान्छे झ्यालबाट भागेको बताएकी छन् । उनले अन्तरवार्तामा भनेकी छन्, ‘पहिलो फिल्मको सुटिङ पोखरामा भइरहेको थियो । त्यो बेलामा हामी विश्व होटलमा बसिरहेका थियौँ । त्यहाँ के भएको थियो भने, त्यहाँ मेरो बच्चैदेखि स्कुल पढेको साथीमसँग नै बसिरहेको थियो । सुटिङका दौरानमा त्यो समयमा भुँइचालो गयो । भुँइचालो गएपछि उसका प्यारेन्सले उसलाई काठमाडौ बोलाउनुभयो । म चाही काठमाडौ जान मिलेन किनभने मेरो सुटिङ चलिरहेको थियो । ऊ काठमाडौ आएपछि त्यहाँ म एक्लै थिए ।

उ काठमाडौ आएको रात करिव ११ बजे कार्टुन हेरेर अव निन्द्रा लाग्यो भनेर सबै लाइटहरु अफ गरेर सुते । ठ्याक्क सुतेको मात्र के थिए मेरो रुममा कोही आएर मेरो पेटमा छोएको थाहा पाए मैले । त्यो हुँदा म तर्सेर उठ्दा खेरि त्यो मान्छेलाई मैले देख्न सकिन किनभने अध्याँरो थियो । त्यो मान्छेको हात मलाई थाहा छ किनभने उसको हात काम गरेको , खस्रो र घोच्ने खाल्को हात थियो ।’ उनले पोखरामा भएको घटना बेलिविस्तार लगाएकी छन् । साम्राज्ञीले सुरुमा त कराउने बोल्ने आँट नै नआएको बताएकी छन् । उनले त्यो मान्छे झ्यालबाट भागुन्जेल आफुलाई बोल्न आँट नआएको भनेकी छन् ।  आफु त्यस्तो घटना भएर रुँदा कराउँदा कोही नआएको बताएकी छन् ।

उनले भनिन्,‘ म यति रोए, यति कराएँ तर अँह , कोही आएन । बल्ल बल्ल आँट गरेर मैले लाइट अन गरे । अनि मैले आँट गरेर झ्यालबाट तल हेर्दा त्यो मान्छे गइसकेको थियो । त्यसपछि म गएर रवि मामाको रुममा गएर ढोका ढग ढग गरे , रुदैँ कराए यति कराए , बोलाए तर कोही आएनन् । सबैजना झ्याप भएर सुतेका हुन् की के हुन् थाहा छैन । बल्ल बल्ल रवि मामा उठे पछि मामालाई म सुटिङ, गर्दिन , मलाई डर लाग्यो, मलाई पुग्यो भनेर रोइरहे ।’

उनले यत्रो घटना भइसकेपछि राती नै पुलिस बोलाएर के के भयो भन्ने घटनाको बारेमा आफुले वृतान्त बताएको र छानवीन गर्ने आश्वासन दिएर पुलिस गएको बताएकी छन् । तर पुलिसले दिएको आश्वासन त्यतिकैमा सिमित भएको बताएकी छन् । उनले घटनाको विषयमा भुवनसँग कुरा गर्दा केस अगाडी बढिरहेको छ । पुलिसले खोजिरहन्छ अहिले हल्ला नगरौँ भन्ने कुरा गरेको बताएका छन् । साम्राज्ञीले उनीहरुको कुरा पत्याएको र रातभर नसुती तर्सिएरै उज्यालो बनाएको बताएकी छन् ।

उनले त्यो रात अनमोलको काकी त्यो फिल्मकी आमा रोल खेल्ने दिदीले आफ्नो रुममा लगेर सुताएको बताएकी छन् ।  ‘विहान म उठे मलाई विलिभ नै भइराखेको थिएन की मलाई त्यस्तो भइरहेको छ भन्ने कुरा देखेर । म रोइरहेको थिए , म कामिरहेको थिए । म रोएको बेला मेकअफ आर्टिष्टले मेकअप गर्यो तर म सपनामा छु जस्तै लागिरहेको थियो त्यो बेलासम्म नी , उनले भनिन् । ’

फिल्मका डिरेक्टर र उनकी गल्फ्रेण्ड उठेनन्

उनले त्यो रात पुलिस आएपछि सबै जना उठेको तर डिरेक्टर र उनकी गल्फेण्ड नउठेको आरोप लगाएकी छन् । उनले भोली पल्ट उल्टै डिरेक्टरले आफुलाई तेरो कोठामा कोही आएकी थियो कि क्या हो भनेर जोक्समा उडाएको उनको आरोप छ । उनले भनिन्,‘ त्यो रात पुलिस आउँदा सबैजना उठ्नुभएको थियो तर डिरेक्टर र डिरेक्टरको गलफ्रेण्ड उठ्नुभएको थिएन । उज्यालो भएपछि हाम्रो मुभीको डिरेक्टर गाडीमा अडेस लागेर चुरोट तान्दै , कस्तो हाँस्दै हाँस्दै मेरो नामले बोलाउनु भयो र के भयो हिजो राती हँ । तलाई रेफ गर्न आएको त हैन, हाँ.. हाँ.. हाँ गर्दै गाडीमा बस्नुभयो । मलाई यस्तो हुदाँ उहाँले जोक्स् लिएर उडाउनुभयो । म बच्चाला तर्सिया छु कि , के भएछ भनेर सोध्नको साटो उहाँले चाही जोकले उडाइदिनुभयो के । ’