घटाउने बेलामा पारिश्रमिक बढाउने
फिल्म बन्नु अहिलेका लागि ठुलो कुरा मान्नु पर्ला । फिल्म बनाउन नसकेर निर्माताहरु पछि सरेको बेलामा त फिल्म बनाउछु भनेर आउने निर्मातालाई सहयोग सबैले गर्नपर्छ । यही भएर पारिश्रमिक घटाउनुपर्छ भनेर भनिएको हो । कलाकारदेखि प्राविधिकले पारिश्रमिक घटाइदिए भने कम बजेटमा फिल्म बन्ला, निर्माताले राहत पाउलान् भनेर भनिएको हो ।
कलाकारहरुले पारिश्रमिक घटाउछौ भनेर वचन दिएका पनि छन् । तर, यस्तो बेलामा पारिश्रमिक बढाउनपर्ने माग त गर्न भएन नी । प्रसाद २ बनाउन लागेका छन्, सुभाष थापाले । प्रसाद हिट भएपछि बनाउन लागिएको हो प्रसाद २ । नामको पछि २ थपेर फिल्म बनाइदिए चल्छ भनेर पनि होला । कथा बेजोड पनि होला ।
तर, यो फिल्मका लागि नम्रता श्रेष्ठ, निश्चल बस्नेत, विपिन कार्की जस्ता कलाकारले महंगो पैसा मागेका भनेर समाचार आयो । निर्माता थापाले हो भन्न त सकेका छैनन्, तर पहिलेको भन्दा पारिश्रमिक बढाउने कुरा गर्नुभएको छ भनेर पनि भनेका छन् ।
फिल्म खेल्ने र नखेल्ने त कलाकारको कुरा हो । तर, यो बेलामा पारिश्रमिक बढाउनु, तर्कसंकत भएन है । निर्मातालाई सहज हुने वातावरण बनाइदिनपर्छ । नत्र, फिल्म नै नबने त सबै चिलिम हो नी ।
प्रतिक्रिया