उदिपको सरी

अभिनेत्री आँचल शर्मालाई भिडियोमा काम मिलिरहेको छ । लकडाउन पूर्ण अन्त्य भयो, आँचल पनि काममा फर्किइन् । बिहे भएपछि लकडाउन भएकाले, उनले श्रीमान् उदिप श्रेष्ठसँग समय बिताउन पाइन् ।

लक डाउन खुलेर काम गर्न सुरु भयो र उदिप र आँचल काममा फर्किएका छन् । आँचल र उदिपको माया झ्याङ्गिएको छ । बेलुकी आँचल घर पुगिसक्दा उदिप आएनन् भने आँचल रिसाउँछिन् । आउछु भनेको समयमा आएनन् भने पनि रिसाउछिन् । तर, आँचललाई फकाउन उदिपलाई पनि आउँछ ।

उनले, आँचललाई ढिलो भएको बेला फकाउन फुलको बुके बोकेर आउने गरेका छन् । आफुलाई फकाउने उदिपको यो तरिका आँचललाई मनपर्छ । आँचल पनि उदिपलाई माफी दिन तयार हुन्छिन् । उदिपको सरी माग्ने तरिकाबाट पग्लिन्छिन् आँचल । आँचल र उदिपको घरजम माया नै मायाले चलेको छ ।