दीपिका पादुकोण पनि विवादमा
बलिउडकी अभिनेत्री दीपिका पादुकोणलाई आरोप लागेको छ । भारतिय मिडियाका अनुसार उनलाई एक कार्यक्रममा भाग लिए बापत ५ करोड लिएको आरोप लागेको हो । भारतीय गुप्तचर संस्था रअका पुर्व अधिकारी एनके सुदले अभिनेत्री दिपिकालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग मिलेर करीबी व्यक्तिको आदेशमा जेएनयू प्रदर्शनमा भाग लिएको आरोप लगाएका हुन् ।
केहि समय अगाडी सूदले युट्यूब च्यानलमा एक भिडियो अपलोड गरि दीपिका पादुकोणको पाकिस्तानी नागरिक अनिल मुसरातसँग नजिक रहेको भनेपछि उनी माथी आरोप लाग्न थालेको हो । घरजग्गाका कारोबारी अनिल म्यानचेस्टरमा बस्दै आएको र दीपिकाले सीएएविरोधी प्रदर्शनमा सामेल हुन उनलाई भारतीय ५ करोड रूपैयाँ दिएको एनके सुदको आरोप छ । जसका कारण अहिले दीपिका विवादमा तानिएकी हुन् ।
प्रतिक्रिया