फिल्म ‘सडक २’ का लागि सुशान्तलाई अफर नगरेको महेशको बयान
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा यतिबेला बलिउडका निर्देशक तथा कलाकारसँग प्रहरीले बयान लिनेक्रम जारिरहेको छ । नेपोटीजमको कारण सुशान्तले आत्महत्या गरेको बलिउडका कलाकारहरुले आरोप लगाउँदै आएका छन् ।
प्रहरीले निर्देशक महेश भट्टसँग पनि प्रहरीले सोधपुछ गरेको छ । प्रहरीले लिएको बयानका आधारमा महेशले आफ्नो बयानमा सुशान्तलाई फिल्म ‘सडक २ ’ अफर नगरेको बयान दिएका छन् । उनले सुशान्तसँग आफुले फिल्म ‘ सडक २ ’ मा रोल सुहाउँछ की सुहाउदैन भन्ने कुरा मात्र सोधेको बताएकी छन् । भारतिय मिडियाका अनुसार निर्देशक महेशसँगको बयान सकिएको छ ।
प्रतिक्रिया