कलाकारले फिल्म बजार खोल्ने बारेमा पनि सोचौ

 फिल्म बजार खोल्ने बारेमा टाउको किन कसैको दुख्दैन होला । ५ महिनादेखि ठप्प रहेको फिल्म क्षेत्र नखुल्दा कतिको अवस्था विकराल बनिरहेको छ । सरकारलाई दबाब दिन त कसैले सोचेका नै छैनन् । संघसंस्था त माग राख्नमा व्यस्त छन् । तर, कलाकारले पनि यो बिषयमा बहस गर्नुपर्ने होला नी । कि कलाकारलाई सबै कुरा ठिक्क पारिदिएपछि काम मात्र गर्न अगाडि सार्ने हो ।

कलाकारले पनि यो बिषयमा सोच्नुपर्ने बेलामा नाम चलेका कलाकार पैसा कमाउनमा नै व्यस्त छन् । पल शाह, विपिन कार्की, दयाहाङ राई, आँचल शर्मा, केकी अधिकारी जस्ता चलेका कलाकारले फिल्मको चिन्ता भन्दा म्यूजिक भिडियोमा कसरी भ्यूज धेरै ल्याउने चिन्ता गर्न थालेपछि के लाग्छ र ? आफूले काम गरेपछि त्यो कामले प्रतिफल राम्रो पाओस् भन्ने सोच्नुपर्छ ।

तर, कलाकारले यो बिषयमा प्रश्न उठाउन, पहल गर्न नै नपर्ने हो कि के हो ? फिल्म क्षेत्र बचाउने, अघि बढाउने जिम्मा त कलाकारको पनि होला । पारिश्रमिक लिएर काम गरेपछि सबै कुरा सकिने हो त ? फिल्म क्षेत्रको बिषयमा पनि कलाकारले गम्भिर भएर सोच्नुपर्छ । कि विवाद गर्ने कि भिडियो गर्ने, कलाकारको जिम्मेवारी यत्ती हो त ?