फिल्म ‘सङ अफ दि क्लाउड’ इटलीको फिल्म फेस्टिभलमा पुरस्कृत
फिल्म ‘सङ अफ दि क्लाउड’ इटलीको फिल्म फेस्टिभलमा पुरस्कृत भएको छ । यस फिल्मले ५ सय युरो जितेको हो । अंकित पौडेलले निर्देशन गरेको फिल्ममा मृत्युपछिको जीवनलाई कल्पना गरी बनाइको ‘एसोलो आर्ट फिल्म फेस्टिभल ‘ मा आर्ट फिल्म सेक्सनतर्फ विजेता बनेको हो । निर्देशक अंकित छायांकारको रुपमा २० भन्दा बढी फिल्ममा गरिसकेका छन् भने निर्देशनमा अंकितको ‘सङ अफ दि क्लाउड’ डेब्यु फिल्म हो ।
फिल्म गत जनवरीमा सनडान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । त्यसपछि अटलान्टा फिल्म फेस्टिभल, पामस्प्रिङ इन्टरनेसनल सर्ट फेस्ट, दि नर्वेजियन सर्ट फिल्म फेस्टिभल, डोकु फेस्ट आदि फिल्म महोत्सवमा प्रदर्शन भइसकेको गरिएको थियो । यस फिल्मले वर्ल्ड फेस्ट हस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा ब्रन्ज रेमी अवार्ड पनि हात पारेको छ । अमेरिकाको विस्कन्सिन मिल्वाउकी युनिभर्सिटीबाट फिल्म मेकिङमा मास्टर्स गरेका अंकितले फिल्म थप केही फेस्टिभलमा पनि छनोट भएको तर त्यसको घोषणा हुन बाँकी रहेको जानकारी पनि गराए ।
प्रतिक्रिया