अब यस्तो दिन कहिले आउला ऋचाको ?
कहिले चाउरी परेको अनुहार, कहिले बोल्ड अनुहार, कहिले रोमान्टिक हिरोइन ? ऋचाले शर्माले केके गरिनन् पर्दामा । ऋचा शर्माले फिल्ममा निर्वाहा गरेको भूमिका संझनायोग्य छन् । उमा, टलकजंग भर्सेस टुल्के, लुटमा उनी फरक फरक देखिइन् । तर, यो आजको कुरा होइन । यी कुराहरु ऋचाका लागि पनि विगत भएका छन् । दर्शकले संझिन भने जहिले पनि सक्छन् । ऋचा बिहे गरेर घरजम गरिरहेकी छिन् । घरजम गरिरहेकी उनी कमेडी च्याम्पियनको निर्णायक पनि हुन् ।
ऋचालाई ६ बर्ष अघि खिचेको एउटा फोटोको याद आएको छ । उनलाई यो फोटो अहिलेसम्मकै बबाल फोटासुट लाग्छ । दिन यति चाडै बितेकोमा उनी याद गरिरहेकी छिन् । फिल्म क्षेत्रमा लागेपछि त दिन वितेको थाहा हुन्न । कती चाडै ६ बर्ष वित्यो, करिअरमा के के उतारचढाव आयो, ऋचा अहिले संझिदै होलिन् । के अब त्यस्तो दिन फर्किएर आउला त ? ऋचाले अर्को बेष्ट फोटो खिचाउलिन् त ?
प्रतिक्रिया