भारतमा सिनेमा हल खोल्ने तयारी
भारतमा आगामी महिनादेखि सिनेमा हल खोल्ने तयारी गरेको छ । भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयले हल खोल्नका लागि तयारी गरेको छ ।
सरकारले कोरोना महामारीमा सुरक्षा सतर्कता अपनाउँदै आगामी अगस्ट १ वा ढिलोमा ३१ तारिखसम्ममा हल खोल्ने अनुमति मागेको छ । गृह मन्त्रालयलाई सिफारिस गरेता पनि गृहले कुनै प्रतिक्रिया भने दिएको छैन । सूचना मन्त्रालयले हल खोल्न कोरोना भाइरस सुरक्षा मापदण्ड बनाएको छ । मापदण्डमा एक सीट र एक रो खाली राखेर दर्शकलाई हलमा राख्नुपर्ने छ ।
प्रतिक्रिया