शिशिर योगीको ‘माया मारी गयौ’बोलको गीत सार्वजनिक
गायक शिशिर योगीको आवाजमा ‘माया मारी गयौ’बोलको गीत सार्वजनिक भएको छ । बिबी अनुरागीको संगीत तथा संगीत संयोजन रहेकोमा गीतलाई बिष्णुकुमार गिरीले शब्द रचना गरेका छन् ।
मायाप्रेमका अलावा सामाजिक, देशभक्ती,सन्देशमुलक तथा वास्तविकता झल्किने गीत गाउन रुचाउने शिशिर योगीको स्वरमा संगीतकार बिबी आनुरागीले गिरीको मार्मिक शब्दहरुको भावलाई आफुले निकै मेहनत गरेका छन् । गीतको भिडियोलाई सुत्र टिभी युट्युब च्यानलबाट हेर्न सकिनेछ ।
गीतलाई प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ भने गीतलाई मिक्सिङ तथा मास्टरिङ्गको काम श्यामस्वेत रसाइलीले गरेका छन् । कभर भिडियोको सम्पादन अधिनायक मान शेरचनले गरेका हुन ।
प्रतिक्रिया