भाइको अन्त्येष्टी गरेको भोलीपल्टै हमालले सुन्दर दिन किन भने ?

अभिनेता राजेश हमालका भाइ राकेश हमालको उपाचार गर्दा गर्दै निधन भयो । कलेजो प्रत्यारोपण गरेपनि उनको निधन भयो । उनको निधन भएको २ दिनपछि शुक्रबार पशुपति आर्यघाटमा अन्तिम संकार भयो । अन्तिम संकारमा राजेश हमाल भावूक देखिएका थिए । उनको आखा टोलायो । आखाबाट आशु झर्यो ।

भाइको अन्तिम बिदाइमा उनी भावूक बने, भाइको शव हेर्न नसकेपछि उनी एक्लै टोलाए । हमालको फोटोले मन छोयो । भाइको अन्त्येष्टी सकेर हमाल घर पुग्दा शुक्रबार बेलुकी १० बजिसकेको थियो । उनले भाइलाई संझिएर मन भारी बनाए । तर, शनिबार मध्यान्न १२ बजेतिर हमालले अर्को फोटो राखे । फोटोमा उनले भाइलाई संझिएका थिएन । हमालले सुन्दर दिन, आजको दिन रमाइलो छ । हमालले भाइको अन्त्यष्टी गरेको १२ घन्टा पनि नवित्दै किन सुन्दर दिन भनेर लेखेका होलान् ।

के उनी, भाइको निधनपछि आफूमा उत्पन्न भएको पीडालाई भुलाउन चाहन्छन् । या अरु के कारण होला । तर, आफ्नो नजिकको भाइको अन्त्येष्टी गरेको १२ घन्टा पनि नवित्दै दाइको दिन सुन्दर कसरी हुन सक्छ होला र ?