फिल्म ‘बारपाकी माया २’ पनि बन्ने भो
गुरुङ समुदायको सेरोफेरोमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाउमा सम्पूर्ण छायाँकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले गुरुङ सस्कारको विषयलाई उत्थान गरेको थियो ।’ बारपाक बिर चक्र भिसी गजे घलेको गाउँ हो । बारपाकमा घले र गुरुङको ठुलो बस्ति रहेको छ । लकडाउनको समयमा फिल्मको स्क्रिप्ट तयार पारिएको निर्माण पक्षले जनाएको छ ।
फिल्म ‘बारपाकी माया २’ मा विशेष गरेर बारपाकको जनजीवन र त्यहाँको रहन सहनलाई समेटिएर फिल्म निर्माण गरिन लागको निर्माण टिमको भनाई छ । फिल्मको लागत करिब ८० लाखको हुने पनि जानकारी गराइएको छ । फिल्मको छायाँकन उत्तरी गोर्खाको बारपाक,लाप्राक,मम्चे डाँडा,धार्छे जस्ता रमणीय स्थानहरुमा गरिनेछ ।
‘बारपाकी माया २’को नेपाल सरकारले छायांकन गर्ने अनुमति दिनासाथ छायाँकनमा जाने तयारीमा रहेको छ । फिल्मलाई प्रितम गुरुङले निर्देशन गर्नेछन् भने फिल्मका लागि कलाकारको अडिसन भइरहेको छ ।
प्रतिक्रिया