रणवीरकी अभिनेत्री शुभेक्षाको प्रेम
फिल्म ‘रणवीर’बाट फिल्म नगरीमा प्रवेश गरेकी अभिनेत्री शुभेक्षा खड्काले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् । अरु कलाकारले प्रेममा परेता पनि आफु प्रेममा नपरेको तर्क दिदै आएका छन् । तर अभिनेत्री शुभेक्षाले सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमी आफ्ना शुभचिन्तक तथा दर्शकहरुलाई देखाएकी छन् ।
उनले यसैसाता आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउन्टमा प्रेमीको अंगालोमा कसिएको केहि तस्विर पोष्ट गरेकी छन् । अभिनेत्री शुभेक्षा प्रेमी अनुप सापकोटासँग कस्सिएको तस्विर सार्वजनिक गर्दै आफु प्रेममा रहेको बताएकी हुन् ।
उनका प्रेमी भिडियो सम्पादक, ग्राफिक डिजाइनर र लेखक रहेका छन् । उनीहरु करिव तीन बर्ष देखि प्रेममा रहेको बुझिएको छ । शुभेक्षाका प्रेम कतै छोप्दा छोप्दै उम्किएको छ होइन । हुन त गीत अनुसारको खुलम्खुल्ला प्यार त गर्दै पर्यो नि हैन र शुभेक्षा , कि कसो हो ।
प्रतिक्रिया