भदौ ताक्दै फिल्म घोषणा गर्दै निर्माता , तर अनुमति खोइ
सरकारको अनुमति पर्खेर बसेका फिल्मीकर्मीलाई सुखद् समय अझैँ आएको छैन । सरकारले गरेको १२० दिनको लकडाउन खोलेता पनि फिल्म क्षेत्रलाई भने अनुमती दिएको छैन । फिल्मकर्मीका लागि भने लकडाउन खुलेको भने पनि अन्योलता कायमै रहेको छ । फिल्मका छायाँङ्कन भने फिल्म लकडाउन लाग्नु भन्दा अगाडी देखि नै रोकिएको छ ।
यसबाट निर्माता तथा निर्देशक आत्तिरहेका छन् । उनीहर फिल्मको छायाँङ्कनको घोषणा गर्दै बसिरहेका छन् । धेरै जसो निर्माता तथा निर्देशकहरु भदौ महिनाबाट छायाँङ्कनमा जाने तयारी गरिरहेका छन् । निर्देशक मिलन चाम्सले नयाँ फिल्मको लागि भन्दै संगीतकार अर्जुन पोखरेललाई अुनबन्धित गरेका छन् । तर फिल्मको नाम भने बताएका छैनन् ।
लकडाउनकै बीचमा अभिनेत्री रेखा थापाले नयाँ फिल्मको छायाँङ्कन आगामी भदौबाट गर्ने घोषणा गरेकी थिइन । उनले फिल्मका प्राविधिकहरुले काम नपाएको र उनीहरु समस्या परेको भन्दै लकडाउनकै बीचमा फिल्मको घोषणा गरेकी थिइन । सौगात मल्ल, रेखा थापा लगायत कलाकारको छनोट गरिहरेकी छन् । लकडाउनकै बीचमा पनि उनी कलाकारलाई अनुबन्धित गराइरहेकी थिइन भने आफ्नो शरिरको तौल पनि घटाइरहेकी थिइन ।
यता अर्का निर्माता रोज राणाले पनि नयाँ चलचित्र ‘खलनायक २’को भदौबाटै छायांकन सुरु गर्ने बताए थिए । उनी पनि कलाकारहरु तयार पारेर बसेको लामै समय भइसक्यो । साउनमै फिल्मको घोषणा गरेका विकासराज आचार्यले लकडाउनमै केहि कलाकार अनुबन्धित गरेका छन् । उनको निर्देशनमा ‘नाई नभन्नु ल ६’ छायाँङ्कन साउनबाट भनिएको थियो । उनले फिल्म साउनबाट छायाँङ्कन गर्ने भन्दै केहि कलाकार फिल्ममा अनुबन्धित गरिरहेका थिए । जुन फिल्म सरकारले अनुमति दिनासाथ फ्लोरमा जाने तयारीमा छ । यता निर्देशक तथा गीतकार शंकर अधिकारी घायलले फिल्म दानराजको घोषणा गर्दै मुर्हत समेत गरिसकेका छन् । उनी पनि फिल्मको छायाँङ्कन गर्ने हतारोमा रहेका छन् ।
प्रतिक्रिया